बिहीबार, भदौ १८, २०८३

फैसलाले मुलुकलाई संकटबाट जोगायो : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई संकटबाट जोगाएको बताएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

लहान- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई संकटबाट जोगाएको बताएका छन्।

सिरहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताए।

‘सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो’, पौडेलले भने, ‘अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ।’

न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको कथन थियो। 

नेपालमा राजनीतिक स्थायित्व, प्राप्त उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टी केन्द्रित रहेको उल्लेख गर्दै उनले मुलुकको बदलिँदो परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक पद्धति, सङ्घीय पद्धतिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताए। मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिरसमेत गरे।

मधेशवादी दलहरु मधेशको मुद्दा छोड्नुको साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको आरोप लगाउँदै मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्नसक्ने टिप्पणी गरे। रासस
 

प्रकाशित: Feb 24, 2021| 14:01 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।