बिहीबार, भदौ १८, २०८३

खाजा खाँदा हतकडीसहित भागेका अभियुक्त पक्राउ 

जिल्ला अदालत मोरङ परिसरबाट फरार लागुऔषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

विराटनगर– जिल्ला अदालत मोरङ परिसरबाट फरार लागुऔषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख रहेका छन्। उनी नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको जहदा गाउँपालिका–५ डुमरीयाबाट पक्राउ परेको बताइएको छ। 

झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी अझै फरार छन्। लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका उनीहरु क्यान्टिनमा खाजा खाने बहाना बनाएर सोमबार दिउँसो ३ः३० बजेतिर प्रहरीलाई छलेर दुवै जना भागेका थिए। दुवै जना पाँच–पाँच दिनको म्याद थप भइसकेपछि प्रहरीलाई छल्दै हतकडीसहित फरार बनेका थिए। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले भागेकामध्ये एक जना पक्राउ परेको र अर्का एक जनाको खोजी जारी राखिएको बताए। दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो। 

प्रकाशित: Feb 24, 2021| 13:00 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।