बिहीबार, भदौ १८, २०८३

दुई दिनदेखि दम्पती बेपत्ता, अपहरणको आशंका

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको एक दम्पती दुई दिनदेखि बेपत्ता भएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको एक दम्पती दुई दिनदेखि बेपत्ता भएका छन्।

सोमबार रातिदेखि बेपत्ता भएका उनीहरु अपहरणमा परेको आशंका गरिएको छ। दम्पती बेपत्ता प्रकरणमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार २ जनालाई अनुसन्धानको क्रममा सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। 

प्रहरी नायव उपरीक्षक विष्टले घटनामा ससंलग्नता हुन सक्ने आशंकामा दुई जना प्रहरीलाई नै सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको दाबी गरे।

‘हामीले बोलाएपछि उहाँहरू आफैँ प्रहरी कार्यालय आउनु भएको हो,’ विष्टले भने।

यद्यपि प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरज प्रताप सिंहले अनुसन्धानको क्रममा ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा प्रहरीको कुनै जवान नरहेको बताए।

घरमै सुतिरहेका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी गत सोमबार रातिदेखि बेपत्ता भएका थिए।

घरबाट बेपत्ता भएपछि परिवारका सदस्यहरुले दुवै जनाको अपहरण भएको दाबी गर्दै आएका छन्।

प्रकाशित: Feb 24, 2021| 12:51 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।