बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूहका सांसदलाई काठमाडौं बाहिर नजान निर्देशन

नेकपा दाहाल–नेपाल समूहका सांसदलाई काठमाडौं बाहिर नजान निर्देशन

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभाका सांसदलाई आकस्मिक कामबाहेक राजधानीबाहिर नजान निर्देशन दिएको छ।  
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभाका सांसदलाई आकस्मिक कामबाहेक राजधानीबाहिर नजान निर्देशन दिएको छ।  

पार्टी संसदीय दलको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।

‘जति बेला जे पनि हुन सक्छ, उपत्यकामा हुने सदस्यहरूलाई आकस्मिकबाहेक पार्टीमा जानकारी दिएर मात्र जान निर्देशन भएको छ’, उनले भनिन्।  सर्वाेच्च अदालतले मंगलबार १३ दिनभित्र संसद् बैठक डाक्न आदेश दिएकाले यस्ताे निर्देशन दिएकाे उनले बताइन्। 

बैठकमा नेताहरूले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए। बैठकमा शक्ति बाँडबाँटबारे कुनै छलफल नभएको झाँक्रीले बताइन्। 

संसद् विघटन बदर गर्न भूमिका खेल्ने न्यायालय, राजनीतिक दल, नागरिक समाज र जनतालाई धन्यवाद दिएको छ।

बैठकमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए। विकसित राजनीतिक घटनाक्रमबारे कतिपय विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका थिए। 

नेताहरूले पहिलो एजेन्डा असंवैधानिक बनिसकेका प्रधानमन्त्री ओलीको राजीनामा रहेको र त्यसपछि मात्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा धारणा राखेको प्रमुख सचेतक देव गुरुङले सञ्चारकर्मीलाई बताए।

संसद्मा दललाई प्रभावकारी अघि बढाउने विषयमा नेताहरूले आफ्ना धारणा राखेका थिए। 

प्रकाशित: Feb 24, 2021| 12:24 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।