शनिबार, असार २७, २०८३

हाप्किडो चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाखमा हुने

मार्शल आर्ट्स हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- मार्शल आर्ट्स हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ।

आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनले बुधबार प्रतियोगिताबारे जानकारी दिएको हो।

आगामी ४–६ बैशाखमा हुने प्रतिस्पर्धामा सातै प्रदेशबाट खेलाडी सहभागी हुने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए।

प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

आयोजकका अनुसार २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुने छ। यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छन्।

‘कोरोना महामारीले खेलकुद गतिविधि हुन पाएन। अहिले भाइरस प्रभाव केही कम भएको महसुस भएको छ। त्यसैले हामीले फेरि खेलाडीहरुलाई चलायमान बनाउने उदेश्यले प्रतियोगिताको तयारी गरेका छौं’, पत्रकार सम्मेलनमा अध्यक्ष घर्ती मगरले भने, ‘अब खेलाडीहरुका लागि बिस्तारै प्रतियोगिता बढाउँदै जाने छौं।’

संघले यसअघि आफ्नो पहिलो राष्ट्रिय च्याम्पियनसिपको रुपमा रोल्पामा सहिद स्मृति हाप्किडो च्याम्पियनसिपको आयोजना गरेको थियो। यस्तै, कोरोना महामारीका कारण दोस्रो र तेस्रो राष्ट्रिय च्याम्पियनसिप भने भर्चुअल गरेको थियो।

आयोजकले प्रतियोगितामा सहभागी हुन आउने सबै खेलाडीको यातायातदेखि बस्ने र खाने व्यवस्था संघले नै गर्ने जनाएको छ।

खेलाडीको सहभागितासमेत निःशुल्क गरिएको र प्रतियोगिता आयोजनाका लागि अनुमानित ६० लाख खर्च लाग्ने संघका अध्यक्ष घर्ती मगरले जनाएका छन्।

प्रकाशित: Feb 24, 2021| 12:25 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।