शनिबार, असार २७, २०८३

स्नुकर प्रतियोगिताको प्रिक्वाटरफाइनल समिकरण सम्पन्न

प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको प्रिक्वाटरफाइनल समिकरण सम्पन्न भएको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको प्रिक्वाटरफाइनल समिकरण सम्पन्न भएको छ।

एनआरटीका दीपक मगर बुधबार सम्पन्न खेलबाट प्रिक्वाटरफाइनलमा प्रवेश गरेसँगै अन्तिम १६ को समिकरण सम्पन्न भएको हो।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी प्रतियोगितामा दीपकले ब्रेक प्वाइन्टका उमेश शर्मालाई ४–० को फ्रेममा सहजै पराजित गरे।

त्यस्तै एस स्नुकरका सक्षम श्रेष्ठले सन्दीप मगरलाई ४–३, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले बुटवलका शिशिर गुरुङलाई ४–३ र फस्ट ब्रेकका अमन कार्कीले कुँवेर ट्रष्टका सञ्जयकुमार मुल्मीलाई ४–१ ले पराजित गरे।

अन्य खेलमा अजिमाका फुरी शेर्पाले ब्रेक प्वाइन्टका रविन्द्र विष्टलाई ४–२, पाल्पाका कुनाल श्रेष्ठले एनआरटीका राजु केसीलाई ४–०, एसका मिलन लामाले एरिना १४७ का सुमन थापालाई ४–३ ले हराएका थिए।

बाँकी खेल एक कोटेज बेम्बुका राजन गुरुङले विराटनगरका शाहरुख अन्सारीलाई ४–० को फ्रेममा हराए।
विजेता सबैले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

प्रकाशित: Feb 24, 2021| 12:14 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।