शनिबार, असार २७, २०८३

बी डिभिजन लिगमा बाँसबारी र श्रीकुमारी विजयी

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बुधबार) सम्पन्न खेलमा बाँसबारी युथ क्लबले जित निकालेको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बुधबार) सम्पन्न खेलमा बाँसबारी युथ क्लबले जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा बाँसबारीले टुसाल क्लबविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो।
बाँसबारीको जितमा भिष्मराज घिमिरेले २ गोल गरे भने अनिल गुरुङले एक गोल गरे। टुसालका सुनिल धामीले बाँसबारीलाई एक गोल फर्काए।

आजको जितसँगै बाँसबारी युथ क्लब शीर्ष तीनमा उक्लिएको छ। उसले ६ खेलबाट पाँच जितका साथ १४ अंक जोडेको छ। पछिल्लो सिजनको नतिजाका आधारमा उसको एक अंक घटाइएको छ।

त्यस्तै पराजित टुसाल क्लबको ८ अंक छ।

त्यस्तै, एन्फा कम्प्लेक्समै सम्पन्न दोस्रो खेलमा श्रीकुमारी क्लबले भगवति क्लबलाई ४–१ गोलले हराएको छ।
कुमारीको जितका लागि आशिष राईले ह्याट्रिकसहित ४ गोल गरे। खेलको २० औं, ५३ औं, ६४ औं र ७७ औं मिनेटमा राईले गोल गरेपछि कुमारी क्लब ४–० गोलको अग्रता लियो।

५८ औं मिनेटमा भगवतिका खेलाडीले रेड कार्ड पाएपछि ऊ १० खेलाडीमा सीमित भएको थियो। खेलको इन्ज्युरी समयमा भगवतिका लागि नवराज जुरुङले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए।

गुरुङको अन्तिम समयको गोलले भगवतिलाई खेलमा फर्काउन सकेन र कुमारीले जित निकाल्यो।

यो जितसँगै श्रीकुमारीले लिगमा दोस्रो जित निकालेको छ। उसले ६ खेलमा दुई जितका साथ ६ अंक जोडेको छ।
पराजित भगवति क्लबले १ जित र २ बराबरीका साथ ५ अंक जोडेको छ।

प्रकाशित: Feb 24, 2021| 11:55 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।