बिहीबार, भदौ १८, २०८३

ओलीले राजीनामा दिने संकेत छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने स‌ंकेत नदेखिएकाे बताएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने स‌ंकेत नदेखिएकाे बताएका छन्।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै देउवाले ओलीले कि संसद्मा बहुमत सिद्ध गर्नु पर्ने कि राजीनामा दिनुपर्ने बताए।

देउवाले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन। उहाँले कि संसद्मा बहुमत सिद्ध गर्न पर्‍यो कि राजीनामा दिनुपर्‍याे। यहाँभन्दा अर्को विकल्प छैन।’

उनले प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने बताए। देउवाले नेकपा फुटोस् भन्ने चाहना कांग्रेसको नहरेको बताए। उनले अब प्रतिनिधिसभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए।

 देउवाले कांग्रेसले केही गरेन भन्नेहरूले नै अहिलेको अवस्थामा कांग्रेसलाई खोजिरहेको बताए। अघिल्लो निर्वाचनमा मत नहाले पनि जनताले कांग्रेसबाट आशा राखेको उनको भनाइ छ। 

उनले अब पार्टी संसदीय दलको बैठक छिट्टै डाक्ने पनि बताए। उनले भने,  ‘हामीले पार्टीमा पनि सल्लाह गर्नुछ अब कसरी जाने भनेर। उनले प्रतिनिधिसभा विघटन बदर भएकाले खुसी हुनुपर्ने बताए।

प्रकाशित: Feb 24, 2021| 11:32 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।