काठमाडौं– सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरेपछि जलहरी राखिएको थियो।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले जलहरी नराख्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए।
यस विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकारलाई अदालतले फागुन १७ गते छलफलका लागि बोलाएको छ।