बिहीबार, भदौ १८, २०८३

अदालतको फैसलासँगै राजनीतिले सही दिशा लिन्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद् पुनःस्थापनापछि राजनीतिले सही दिशा लिने बताएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद् पुनःस्थापनापछि राजनीतिले सही दिशा लिने बताएका छन्।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तिका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले राजनीतिले सही दिशा पक्रने बताएका हुन्।

उनले नेकपाको अध्यक्षमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालले दावी गरेको भन्दै कुन नेकपा आधिकारिक हो भनेर सोध्नुपर्ने बेला भएको बताए।

‘सत्ताधारी दल भनेको नेकपा थियो, अब नेकपा डबल हो कि सिंगल हो कि के हो, त्यो कुरा जान्नुपर्ने भयो,’ निधिले भने । 

सत्ता सञ्चालनका लागि संसद् गएका दलहरूले नसकेको अवस्थामा कांग्रेसले त्यसबारे सोच्ने पनि निधिले बताए। उनले भने, ‘संसदमा जुन दल छन्, ती दलहरूले हामीले सकेनौं तपाईंहरू चलाउनुस् भन्यो भने सोच्नुपर्छ । मैले सभापति देउवासँग यसबारे कुरा गरेको छैन।’ 
 
नेपालको इतिहासमा कांग्रेसको सधैं जिम्मेवार भूमिका हुने गरेको निधिको भनाइ छ ।
 

प्रकाशित: Feb 24, 2021| 11:17 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।