बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१८ थप, कुल मृतक २,६८४

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१८ थप, कुल मृतक २,६८४

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१८ ले बढेको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१८ ले बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत एक वर्षको अवधिमा कोरोनाबाट भएको मृत्युको विश्लेषण गर्दा ६१८ जना मृतकको संख्या थपिएको हो। 

सीसीएमसीले शव व्यवस्थापन गर्दा घरमा मृत्यु भएका व्यक्तिको पनि शव व्यवस्थापन गरिएकाले यो संख्या बढ्न गएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले जानकारी दिए। 

घरमा मृत्यु भएका कतिपयको पीसीआर पोजेटिभ भएको, कतिपयमा लक्षण देखिएकाले सिसिएमसीले उक्त व्यक्तिलाई पनि कोरोना संक्रमणका कारण मृत्यु भएको भनि समेटेकाले यो संख्या थपिन गएको प्रवक्ता गौतमले जानकारी दिए। 

सीसीएमसीले र स्वास्थ्य मन्त्रालयको मृतकको तथ्यांकमा फरक परेपछि स्वास्थ्य मन्त्रालयले छानबिनका लागि समिति गठन गरेको थियो उक्त समितिले दिएको प्रतिवेदनको आधारमा मृतकको संख्या बढेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ। 

प्रकाशित: Feb 24, 2021| 11:17 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।