शनिबार, असार २७, २०८३

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

ओमन भ्रमणअघि सञ्चालन गर्ने भनिएको काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता भ्रमण स्थगित भएपछि अब फागुन २२ गतेदेखि नै सञ्चालन हुने भएको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- ओमन भ्रमणअघि सञ्चालन गर्ने भनिएको काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता भ्रमण स्थगित भएपछि अब फागुन २२ गतेदेखि नै सञ्चालन हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज एक सूचना जारी गर्दै फागुन २२ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने बताएको हो।
क्यानको सूचनामा भनिएको छ, ‘प्रतियोगिता त्रिवि र मुलपानी क्रिकेट मैदानमा फागुन २२ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ।’

यो प्रतियोगितामा पछिल्लो समय सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा सम्मिलित चार सेमिफाइनलिस्ट टिमसँगै काठमाडौं महानगरपालिकाको अर्को टिम बनाइने छ।

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ तीन विभागीय टिमसँगै बागमती प्रदेश सेमिफाइनल पुगेका थिए।

काठमाडौंको टिममा प्रधानमन्त्री कपका उत्कृष्ट प्रदर्शन गरेका बाँकी टिमका खेलाडी संयोजन गरी बनाइने क्यानले बताएको छ।

पिएम कपमा विभागीय र बागमतीसहित प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टिमको सहभागिता थियो।

एकदिवसीय प्रतियोगिता सिंगल राउन्ड रोविन शैलीमा हुने आयोजक क्यानले बताएको छ। जसमा शीर्षस्थानका दुई टिम फाइनलमा पुग्नेछन्।

प्रकाशित: Feb 24, 2021| 10:48 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।