शनिबार, असार २७, २०८३

चोट नलागेका खेलाडीबाटै एटलान्टालाई हराउन सकिन्छ : जिदाने

केही खेलाडी घाइते भए पनि आजको खेलमा बाँकी खेलाडीका साथ रियल मड्रिडले जित निकाल्न सक्ने प्रशिक्षक जिनेदिन जिदानेले बताएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- केही खेलाडी घाइते भए पनि आजको खेलमा बाँकी खेलाडीका साथ रियल मड्रिडले जित निकाल्न सक्ने प्रशिक्षक जिनेदिन जिदानेले बताएका छन्।

रियलले च्याम्पियन्स लिगअन्तर्गत आज राति इटालियन क्लब एटलान्टासँग अन्तिम १६ को पहिलो लेगमा उसकै मैदानमा खेल्दैछ।

यो खेलका लागि फ्रेन्च प्रशिक्षकको स्क्वाड रियलका मात्र ११ सिनियर खेलाडी फिट छन्। कप्तान सर्जियो रामोसका साथ केही खेलाडी मैदान बाहिर भए पनि बाँकी खेलाडीसँग खुसी रहेको जिदान बताउँछन्।

‘तपाइँहरु मलाई इन्ज्युरीबारे सोध्नुहुन्छ तर मसँग जति खेलाडी उपलब्ध छन्। म तिनीहरुसँग नै खुसी छु,’ उनले भने, ‘म बाँकी खेलाडीलाई जोखिममा राख्न सक्दिनँ।’

उनले थपे, ‘सँधै जितका लागि बाहिर जानेछौं र जितभन्दा कमले हामीलाई कहिल्यै शन्तोष दिँदैन।’
यता एटलान्टाका प्रशिक्षक जियन पियरो गास्पेरीनीले ठट्टा गर्दै आफू जिदानभन्दा धेरै खुसी रहेको बताएका छन्। उनी खुसी हुनूको कारण चाहिँ जिदान आफैं मैदानमा नखेल्ने भएकाले रहेको पनि बताएका छन् जसलाई पत्रकार सम्मेलनमै जिदानले पनि स्वीकार गरेका छन्।

जिदानले गास्पेरीनीलाई जवाफ फर्काए, ‘भाग्यवस् म आज खेल्दिनँ र म सक्दिन पनि। खेलाडीका रुपमा म अब सकिसकेँ। जब म युभेन्टसमा खेल्थेँ गास्पेरीनी युवा प्रशिक्षक थिए।’

उनले थपे, ‘उनले एटलान्टाका लागि धेरै गरेका छन्। त्यसैले एक प्रशिक्षकका हिसाबमा म उनलाई सम्मान गर्छु।’
जिदानले एटलान्टाका खेलाडी शारीरिक रुपमा बलिया र आक्रामक माइन्ड भएको बताएका छन्।
रियल र एटलान्टाबीचको खेल आज राति पौने दुई बजे इटालीमा हुँदैछ।

प्रकाशित: Feb 24, 2021| 10:40 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।