बिहीबार, भदौ १८, २०८३

डा. गोविन्द केसीको अनसन स्थगित 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्।

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध डा. केसीले फागुन आजदेखि अनसन बस्ने घोषणा गरेका थिए। डा. केसीले पत्रकार सम्मेलन गर्दै अनसन स्थगित गरेको जानकारी गराएका हुन्।

उनले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज पारिदिएकाले आजदेखि सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको बताएका छन्।

डा. केसीले  विगतमा भएका चिकित्सा क्षेत्रका विभिन्न सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान तथा नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान जारी रहने बताए। 

प्रकाशित: Feb 24, 2021| 10:35 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।