बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेरिट लिस्टबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन सर्वोच्चको आदेश

मेरिट लिस्टबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर (पीजी) तर्फका मेरिट लिस्टबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको छ। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर (पीजी) तर्फका मेरिट लिस्टबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको छ। 

चिकित्सा शिक्षा आयोगले फागुन ५ गते परीक्षामा सहभागी भई उत्तीर्ण भएका ३६ चिकित्सकहरुले झुटो विवरण पेश गरेको भन्दै मेरिट लिस्टबाट हटाउने निर्णय गरेको थियो।

आयोगको सो निर्णयप्रति असन्तुष्टि जनाउँदै फागुुन ९ मा केही चिकित्सकले आयोगको निर्णय खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए। आयोगले दुर्गममा काम गरेको भन्दै गलत विवरण पेश गर्ने ४९ जना परीक्षार्थीलाई मेरिट सूचीबाट हटाएको थियो।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले १७ फागुनमा दुवै पक्षलाई छलफलको लागि बोलाउनू भन्दै मेरिट लिस्टबाट हटाउने कार्य नगर्न नगराउन आदेश दिएको छ। रिट दायर गर्नेमा डा. करुणा बज्राचार्य, डा कृष्णहरि श्रेष्ठ, डा. सफलतादेवी कोजु र डा. आविष्कार सुवेदी थिए। 
 

प्रकाशित: Feb 24, 2021| 10:31 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।