बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाका दुवै पक्षसँग छलफल गरेर निर्णय लिने मनस्थितिमा देउवा

नेकपाका दुवै पक्षसँग छलफल गरेर निर्णय लिने मनस्थितिमा देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्ने बताएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्ने बताएका छन्। 

आज (बुधबार) बिहान आफ्नो निवासमा आएका केही केन्द्रीय सदस्यहरुलाई देउवाले आफ्नो रणनीति सुनाएका हुन्। देउवा निवास बूढानीलकण्ठ पुगेका एक केन्द्रीय सदस्यका अनुसार देउवाले नेकपाका दुवै पक्षसँग कुरा गर्ने र त्यसपछि पार्टीमा छलफल गरेर पार्टीको हितमा हुनेगरी निर्णय गर्ने बताएका थिए। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएपछि धेरैको ध्यान अब कांग्रेसले के गर्छ भन्नेतिर गएको छ। फैसला आउनेबित्तिकै हिजो नै नेकपाको दाहाल–नेपाल समूहले कांग्रेस सभापति देउवासँग टेलिफोनमा कुराकानी गरिसकेको छ।

आज पार्टीका दुवै अध्यक्ष उनलाई भेट्न निवासमा पुगेका थिए। भेटमा पुष्पकमल दाहाल र माधवकुमार नेपालले देउवालाई सत्ता सहकार्यको प्रस्ताव गरेको बताइएको छ। ओली पक्षले भने कांग्रेसलाई कुनै प्रस्ताव गरिसकेको छैन।

दाहाल र नेपाललाई भेटेपछि देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक बिहीबार ९भोलि० दिउँसो ३ बजेका लागि बोलाइएको छ। पदाधिकारी बैठकपछि केन्द्रीय समति बैठक बस्ने बताइएको छ।
 

प्रकाशित: Feb 24, 2021| 09:00 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।