बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपालसँगको छलफलपछि देउवाले बोलाए पदाधिकारी बैठक

दाहाल-नेपालसँगको छलफलपछि देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरुसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरुसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

बुधबार दिउँसो बुढानिलकण्ठमा पुष्पमकमल दाहाल र माधव नेपालसँगको छलफलपछि देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपालले गरेको सहकार्यको प्रस्तावमा छलफल गरिने भएको छ। पदाधिकारी बैठक बिहीबार (भोलि) दिउँसो ३ बजेका लागि बोलाइएको छ।

बुढानिलकण्ठमा भएको छलफलमा दाहाल र नेपालले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेका थिएन्।

‘उहाँहरुबीच समसामयिक विषयमा छलफल भयो। दाहाल नेपालले मिलेर जाऔं भन्नुभयो’, देउवाका स्वकीय सचिव भानु देउवाले भने। जवाफमा देउवाले पार्टीभित्र छलफल गरेर जानकारी गराउने बताएका थिए।

प्रकाशित: Feb 24, 2021| 08:39 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।