बिहीबार, भदौ १८, २०८३

सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने

सत्तारुढ दल नेकपाको केपी ओली समूहले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको केपी ओली समूहले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

‘हाम्रो पार्टी नेकपा शक्ति पृथकीकरण, लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी हो। संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै हो। फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अदालतबाट आउने सबै फैसला अपेक्षित नै हुन्छन् भन्ने होइन। सधैं वाञ्छित परिणाम दिन्छन् भन्ने पनि होइन। अदालतको फैसलाले राजनीतिक स्थिरतालाई बल पुर्याउँछ वा थप अस्थिरता निम्तिन्छ भन्ने कुरा मुख्य हो। के हुन्छ, हेर्न बाँकी छ।’

सर्वोच्चले आदेश दिएको समयभित्रै संसद् बैठक बोलाइने उनले बताए। उनले थपे, ‘त्यसपछि के गर्ने भनेर छलफलमा छौं। फेरि राजनीतिक अस्थिरता नहोस्, संसदमा अनैतिक गठबन्धन नहोस् भन्ने हाम्रो चासो हो।’ 

समग्र परिस्थितिको छलफल गर्न चाँडै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने उनले बताए। ओली पक्षले बोलाउने बैठक नै आधिकारिक हुने दाबी उनले गरे। 

यसअघि पार्टीले तय गरेका कार्यक्रमहरुले निरन्तरता पाउने तर स्वरुप परिवर्तन हुने उनले जानकारी दिए। 

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय सदर नगरे आन्दोलनमा उत्रिने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: Feb 24, 2021| 08:30 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।