बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवालाई भेटेर फर्किए दाहाल–नेपाल, सत्ता सहकार्यको प्रस्ताव

देउवालाई भेटेर फर्किए दाहाल–नेपाल, सत्ता सहकार्यको प्रस्ताव

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल फर्किएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं - नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

बूढानीलकण्ठमा भएकाे भेटवार्तामा उनीहरूबीच करिब २० मिनेट छलफल भएकाे थियाे।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि यसबारे छलफल गर्न दाहाल–नेपाल देउवा निवास पुगेका थिए। 

अध्यक्षद्वयले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेको बताइएको छ। 

सर्वोच्चको फैसलालगत्तै हिजो नै देउवा र दाहालबीच टेलिफोन वार्ता भएको थियो। 

टेलिफोन वार्तामा उनीहरूले आज भेटेर छलफल गर्ने निधो गरेका थिए।

प्रकाशित: Feb 24, 2021| 07:59 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।