बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीनिकट स्थायी कमिटी सदस्य गुरुङ भन्छन्– प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठेको छ

ओलीनिकट स्थायी कमिटी सदस्य गुरुङ भन्छन्– प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठेको छ

नेकपा ओली समूहका स्थायी कमिटी सदस्य किरण गुरुङले राजनीतिको बल अब पुष्पकमल दाहाल र माधवकुमार नेपालको कोर्टमा पुगेको बताएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– नेकपा ओली समूहका स्थायी कमिटी सदस्य किरण गुरुङले राजनीतिको बल अब पुष्पकमल दाहाल र माधवकुमार नेपालको कोर्टमा पुगेको बताएका छन्।

नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म केपी ओलीको कोर्टमा बल थियो, अब माधव नेपाल र प्रचण्डको कोर्टमा पुगेको छ। उहाँहरुको काँधमा जिम्मेवारी आएको छ।’

सर्वोच्च अदालतको फैसलालाई मान्नुपर्ने र सम्मान पनि गर्नुपर्ने उनको भनाइ छ। ‘विमति त होलान् तर सर्वोच्चको फैसला मान्नैपर्छ। संसद् अधिवेशन डाक्नैपर्छ। संसद्बाटै निकास निकाल्नुपर्छ,’ उनले भने। 

पार्टीभित्रको आन्तरिक झगडाका कारण यो विषय सडक र अदालतमा पुगेको भन्दै गुरुङले पार्टीभित्र बसेर नै निकास निकाल्नुपर्नेमा जोड दिए।  नेकपा औपचारिक रुपमा नफुटिसकेकाले यसबारे पार्टीमै बहस गर्नुपर्ने उनले बताए।

प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठेको तर उनी नभाग्ने गुरुङले बताए। संसदीय मूल्य मान्यता अनुसार नै संसद् विघटन भएको तर्क उनले गरे। गुरुङ गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री हुन्।

प्रकाशित: Feb 24, 2021| 07:52 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।