आइतबार, चैत १, २०८२

आजदेखि सुरु हुँदै ‘बी’ डिभिजन लिग फुटबल

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं - सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन्।

National life

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो। 

लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ वस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ।

पहिलो खेल १२ः१५ मा र दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

लिगअन्तर्गत ३२ खेल सम्पन्न भएका छन् भने ३४ खेल बाँकी छन्।

आजबाट पुनः सुरु भएको लिग आगामी २७ गते समापन हुनेछ।

अंक तालिका

६ खेलमा सहभागी सातदोबाटो क्लब १६ अंकका साथ शीर्षस्थानमा छ।

त्यस्तै एक खेल कम खेलेर १३ अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ।

दुवै टिमले एक-एक बराबरी खेलेका छन् र बाँकी सबैमा जित निकालेका छन्।

त्यस्तै बाँसबारी टिम पाँच खेलबाट एक हारसँगै ११ अंकका साथ तेस्रो स्थानमा छ।

यता टुसालले दुई जित, दुई बराबरी र एक हारका साथ चौथो स्थानमा ठाउँ कब्जा गरेको छ। नयाँ वस्ती क्लबले तीन जित र दुई हार बेहोरेको छ।

उसले पछिल्लो लिगमा गरेको प्रदर्शनका आधारमा एक अंक घटाइएको छ।

बाँसबारीको पनि एक अंक कम गरिएको छ।

नयाँ वस्तीका साथै ब्वाइज युनियन पनि आठ अंकका साथ छैटौं स्थानमा छ। उसले ६ खेलमा दुई जित, दुई बराबरी र दुई पराजय भोगेको छ।

प्रकाशित: Feb 23, 2021| 05:27 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।