शनिबार, असार २७, २०८३

रोनाल्डो चम्किएको खेलमा युभेन्टसको जित

इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले सहज जित निकालेको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले सहज जित निकालेको छ।

युभेन्टसको ओल्ड लेडी मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम क्रोटोनलाई ३–० गोलको अन्तरले हराएको हो।

युभेन्टसको जितका लागि स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गरे भने वेस्टोन म्याक केनिनले एक गोल गरे।

एलेक्स सेन्ड्रेले दिएको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरे।

रानाल्डोले नै आरोन रामसीले प्रहार गरेको बललाई हेडमार्फत् क्रोटोनको पोस्टमा छिराएपछि पहिलो हाफमै युभेन्टसले दोहोरो अग्रता बनाएको थियो।

खेलको ६६ औं मिनेटमा युभेन्टसका म्यान केनिनले गोल गरेपछि युभेन्टसले स्पष्ट तीन गोलको अग्रता बनायो। 

यता ७५ औं मिनेटमा रोनाल्डो र रामसीको सहभागिता रहेको बलले क्रोटोनको पोस्ट चुमे पनि गोलले मान्यता नपाउँदा युभेन्टस ४–० बनाउनबाट चुकेको थियो।

त्यसैले तीन गोलको अग्रताका साथ उसले गएरातिको खेल जित्यो।

जितसँगै युभेन्टस अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ४५ अंक बनाएको युभेन्टस शीर्षस्थानको मिलानभन्दा आठ अंकले पछि छ।

तर, शीर्ष र दोस्रो स्थानमा रहेका इन्टर र एसी मिलानले २३ खेल खेलका छन् भने युभेन्टसले एक खेल कम खेलेको छ।

पछिल्लो मिलान डर्बीमा हार बेहोरेको एसी मिलान ४९ अंकका साथ दोस्रो स्थानमा छ।

यता गएरातिको खेलमा पराजित क्रोटोन तालिकाको पुछारमा छ।
 

प्रकाशित: Feb 23, 2021| 02:21 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।