शनिबार, असार २७, २०८३

पहिलो फ्रेन्चाइज फुटबल सुपर लिग आगामी वैशाखमा

नेपालमा पहिलो पटक आयोजना हुन लागेको सुपर लिग आगामी वैशाख ११ बाट हुने भएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– नेपालमा पहिलो पटक आयोजना हुन लागेको सुपर लिग आगामी वैशाख ११ बाट हुने भएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगबारे आज जानकारी दिइएको हो।

सुपर लिगमा सहभागी टिमबारे जानकारी फागुनभित्रमै आउने आयोजकले बताएको छ।  एनएसईएमका अनुसार नेपालभरिका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न सहरको फ्रेन्चाइज टिमको सहभागिता रहनेछ।

खेलाडीको छनोट अक्सनको माध्यमबाट हुनेछ र निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराउने साथै विदेशी खेलाडीलाई पनि सहभागी गराउने आयोजकले बताएको छ।

राउन्ड रोबिन शैलीबाट आयोजना हुने लिगमा १९ खेल हुनेछन्। पुरस्कार रकम अहिले सार्वजनिक गरिएको छैन।

‘फ्रेन्चाइज लिगका लागि ए, बी, सी र डी गरी चार वर्गका खेलाडी सहभागी हुनेछन्। एन्फाले तयार गरेको लिस्टअनुसार खेलाडी वर्गीकरण गरिनेछ,’ आयोजक एनएसईएमका सीईओ सुदीप शर्माले भने।

अर्को वर्षबाट होम र अवेका आधारमा खेल खेलाइने आयोजकले बताएको छ। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सुपर लिग सबैभन्दा ठूलो फ्रेन्चाइज लिग भए पनि नेपालको सर्वाधिक ठूलो लिग भने सहिद स्मारक लिग नै रहेको बताए।
 

प्रकाशित: Feb 22, 2021| 08:52 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।