सोमबार, वैशाख ८, २०८२

खोप खेर जान नदिन ‘माइक्रोप्लानिङ’

भाइल खोलेको ६ घण्टाभित्र खोप प्रयोग नभए खेर जाने भएकाले दोस्रो चरणको खोप अभियानका लागि ‘माइक्रोप्लानिङ’ भइरहेको छ। 
 |  सोमबार, फागुन १०, २०७७
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, फागुन १०, २०७७

vianetvianet

भाइल खोलेको ६ घण्टाभित्र खोप प्रयोग नभए खेर जाने भएकाले दोस्रो चरणको खोप अभियानका लागि ‘माइक्रोप्लानिङ’ भइरहेको छ।

triton college

काठमाडाैं - सरकारले भारतबाट खरिद गरेको २० लाख डोज कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) मध्ये आइतबार १० लाख डोज नेपाल आइपुगेको छ। 

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमति भएबमोजिम पहिलो चरणको खोप ल्याइएको हो। 

भारत सरकारसँग ९४ करोड बराबरको खोप खरिद गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि खरिद गरिएको यो खोप ६ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ। 

National life insurance

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार त्रिभुवन विमानस्थलसम्म ल्याउँदा प्रतिडोज खोपको मूल्य चार अमेरिकन डलर परेको छ। 

खोप ल्याएपछि सातै प्रदेशमा वितरण गर्नुअघि स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरिएको छ। 

यसअघि भारत सरकारले १० लाख डोज अनुदानमा दिएको थियो। सोही खोप हाल नेपालमा आपतकालीनरूपमा प्रयोग भइरहेको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, यूएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ।  

मन्त्रालका सहप्रवक्ता डा. अधिकारीका अनुसार पहिलो चरणको खोप अभियान केही दिनमा नै सकिनेछ। 

फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान गर्ने भनिए पनि सबै व्यवस्थापन गर्न सके सो समयभन्दा अगाडि पनि अभियान सुरु हुन सक्ने अधिकारी बताउँछन्। 

हालसम्म चार लाखभन्दा बढीले खोप लगाएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए। 

गौतमका अनुसार खोपको एक भाइलमा १० डोज खोप हुन्छ। भाइल खोलेको ६ घण्टाभित्र खोप प्रयोग भइसकेको हुनुपर्छ।  अन्यथा खोप खेर जान्छ। त्यसैले यस्ता साना–साना कुरालाई ध्यान दिई अहिले ‘माइक्रोप्लानिङ’ भइरहेको उनको भनाइ छ। 

टेकुस्थित भण्डारण केन्द्रमा राखिएको खोप केही दिनभित्रै सबै जिल्लामा पु¥याउने गरी योजना समेत बनिसकेको छ। 

व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह  तिंकरीका अनुसार यसअघि गाउँगाउँमा खोप नपुगेको, इच्छाएका व्यक्तिले खोप लगाउन नपाएको गुनासो आए पनि अब भने सबै व्यक्तिले सहजै खोप लगाउन पाउने छन्। 

अबको खोप समुदायमा नै पुग्ने उनी बताउँछन्।  

योसँगै सरकारले गाभि र विश्व स्वास्थ्य संगठनमार्फत् कोभ्याक्सअन्तर्गत पाउने खोप पनि छिट्टै आइपुग्दैछ। 

बाँकी खरिद गर्नुपर्ने खोपका लागि पनि आफूहरू तयारी अवस्थामा रहेको डा. तिंकरी बताउँछन्। 

तिंकरी भन्छन्, ‘स्वास्थ्य सेवा विभागबाट प्रदेशमा खोप पठाइसकेपछि प्र्रदेशले र जिल्लाले कति स्थानमा खोप केन्द्र राख्ने, कति जनशक्ति खटाउने भन्ने योजना भइरहेको छ।’

पहिलो चरणमा अस्पतालमा नै खोप लगाए पनि अब खोप केन्द्रबाट खोप लगाइने उनको भनाइ छ। 

‘मानिसमा खोपका भ्रमहरू धेरै थिए। साथै खोपका कारण कुनै अवाञ्छित घटना भएमा अस्पतालमा उपचारको लागि सहज हुने भएकाले अस्पतालमा खोप लगाइएको थियो,’ उनले भने, ‘तर अब अस्पतालमा मात्रै सम्भव हुँदैन। हालसम्म कुनै पनि अवाञ्छित घटना नभएकाले भ्याक्सिन सुरक्षित छ भन्ने भएपछि अब विभिन्न खोपकेन्द्रहरूबाटै खोप लगाउने तयारी गरिएको छ।’ 

सकेसम्म अस्पताल, स्वास्थ्यचौकीमा खोपकेन्द्र बनाइने र सम्भव नभएको ठाउँमा मात्रै खोप केन्द्रको प्रयोग गरिने खोप शाखा प्रमुख डा. गौतम बताउँछन्। 

दोस्रो चरणमा लगाइने भ्याक्सिनको पहिलो डोज पनि पहिलो चरणमा ल्याएको भ्याक्सिन नै प्रयोग हुने र उक्त भ्याक्सिन सकिएपछि मात्रै अरू भ्याक्सिन लगाउन सुरु गरिने छ । 

यसअघि खोप अभियानमा उत्साहजनक सहभागिता नदेखिए पनि खोप प्रभावकारी भएकाले सबैलाई खोप लगाउन सरकारले आग्रह गरेको छ।

प्रकाशित: Feb 22, 2021| 04:13 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्