शनिबार, असार २७, २०८३

मेस्सीको गोलमा बार्सिलोनाको बराबरी

स्पेनिस शीर्ष फुटबल ला लिगाको आइतबार राति सम्पन्न खेलअन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं – स्पेनिस शीर्ष फुटबल ला लिगा अन्तर्गतकाे आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले बराबरी खेलेको छ।

घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा उसले कार्डिजविरुद्ध १–१ गोलको बराबरी खेलेको हो।

बराबरीका लागि कप्तान लियोनेल मेस्सीले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए। त्यससँगै घरेलु टिमले पहिलो हाफको अग्रता बनाएको थियो।

तर, खेलको ८९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै कार्डिजका एलेक्स फार्नान्डेजले गोल गरे। यससँगै दुवै टिमले अंक बराबरी गरे।

गएरातिको बराबरीसँगै ४७ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा छ भने कार्डिज १४ औं स्थानमा छ।

आइतबार रातिकै अर्को खेलमा रियल सोसिडाडले अलाभेसविवरुद्ध ४–० गोलको जित निकालेको छ।
 

प्रकाशित: Feb 22, 2021| 01:43 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।