शनिबार, असार २७, २०८३

अष्ट्रेलियन ओपनको उपाधि जोकोविचलाई

विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेका नोभाका जोकोविचले भर्खरै सम्पन्न अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं- विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेका नोभाका जोकोविचले भर्खरै सम्पन्न अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्।

प्रतिस्पर्धात्मक फाइनल खेलमा ड्यानियल मिड्येडिभलाई ३–० को सोझो सेटमा हराउँदै जाकोविचले उपाधि जिते।
जोकोबिचले चौथो वरियताका मिड्येडिभलाई ६–४, ६– र ७–५ को सोझो सेटमा हराएका हुन्।

उनले यससँगै नवौँ पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन्। त्यस्तै १८ औँ ग्राण्डस्लम उपाधि पनि जिते।

सर्वियन जोकोविचले मेलबर्नमा खेलेका सबै फाइनल जितेका छन्। उनी सर्वाधिक टेनिस जित्ने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन्।

यसअघि रोजर फेडेरर र राफेल नाडालले समान २०/२० पटक उपाधि जितेका छन्।

त्यस्तै, हिजो शनिबार सम्पन्न महिलातर्फको उपाधि भने तेस्रो वरियताकी जापानी स्टार नाओमी ओसाकाले जितेकी थिइन्।

२४ औं वरियताको जेनिफिर ब्रडीलाई हराउँदै २३ वर्षीया जापानी स्टारले उपाधि जितेकी थिइन्। उनको त्यो लगातार दोस्रो उपाधि हो भने लगातारको २१ औं जित पनि हो।

त्यसअघि उनले सेरेना विलियम्सविरुद्ध संघर्षपूर्ण जित निकाल्दैं फाइनलमा पुगेकी थिइन्।

फाइनलमा ६–४ र ६–३ को सोझो सेटमा जित निकाल्दै उपाधि जितिन्।

प्रकाशित: Feb 21, 2021| 10:55 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।