मंगलबार, चैत १०, २०८२

बीसीए : कम्प्युटर एप्लिकेसन डिजाइन गर्ने विषय

बीसीएले एप्लिकेसन बनाउन र आईटीबारे अनुसन्धान गर्न सिकाउँछ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) मा विद्यार्थीलाई एप्लिकेसन निर्माण गर्न सिकाइन्छ। बीसीए त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्यापन हुने चार वर्षे ८ सेमेस्टरको कोर्स हो। 

National life

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीसीए कार्यक्रम सञ्चालन गर्दै आएको सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजिकी कार्यक्रम संयोजक गंगा सुब्बाले बीसीएको भविष्य राम्रो भएको बताइन्। उनका अनुसार, ‘बीसीए अप्लाइड कोर्स हो। कम लागतमा आईटी कोर्स अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो उत्तम विकल्प हो।’

सबै संकायका विद्यार्थीले पढ्न पाउने भएकाले पनि यसको पाठ्यक्रमलाई बहुआयामिक भनिन्छ। 

प्राविधिक जनशक्तिको माग बढ्दो भएको र सूचनाप्रविधितर्फका जनशक्ति बेरोजगार हुनुनपर्ने गंगाको भनाइ छ। 

यो कार्यक्रमलाई मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत राखिएको छ। ११ र १२ मा जुनसुकै विषय पढेको भए पनि बीसीए पढ्नको लागि विद्यार्थीले कक्षा १२ मा जीपीए २.० वा दोस्रो श्रेणीमा उत्तीर्ण भएको र हरेक विषयमा ‘डी प्लस ग्रेड’ ल्याएकै हुनुपर्छ।

Laxmi sunrise bank
kumari

विश्वविद्यालयले लिने प्रवेश परीक्षामा ४० प्रतिशत अंक ल्याउने परिक्षार्थीले मात्र यो कोर्स पढ्न पाउँछन्। 

त्रिविले आफ्ना ६ आंगिक क्याम्पसबाट सुरु गरेको चार वर्षको बीसीए कार्यक्रम अहिले देशभर १२४ वटा कलेजले सञ्चालन गरेका छन्। 

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न क्याम्पसले बीसीए कोर्स सञ्चालन गर्दै आएका छन्।

यो कोर्स पूरा गर्न चार वर्षमा कम्तिमा ४ देखि ८ लाख रुपैयाँसम्म शूल्क लाग्छ। शुल्क कलेजअनुसार फरक पर्छ। 

रोजगारीको क्षेत्र

जानकारहरूका अनुसार बीसीएले एप्लिकेसन बनाउन र आईटीबारे अनुसन्धान गर्न सिकाउँछ।

बीसीए अध्ययन पश्चात विद्यार्थीले इथिकल ह्याकर, वेब डेभलपर, ग्राफिक डिजाइनर, सोसल मिडिया ह्यान्डलर, वेबसाइट डेभलपर, एप्लिकेसन डेभलपर, रिसर्चरलगायतका रुपमा सरकारी, गैरसरकारी तथा आईटी कम्पनीहरूमा काम गर्न सक्छन्।

सफ्टवेयर इन्जिनियरिङ, डेभलपमेन्ट तथा रिसर्चको क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि बीसीए एक उत्तम विकल्प भएको कलेज सञ्चालकहरूको भनाइ छ। 

एडमार्क एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी देशको विकासको लागि आईटी आवश्यक भएको बताउँछन्। ‘देशलाई आर्थिक रूपमा समृद्ध बनाउन आईटीका जनशक्तिको आवश्यकता छ,’ उनी भन्छन्, ‘प्रविधिलाई प्रयोग नगर्ने हो भने हामी धेरै पछि हुन्छौँ। त्यसैले दक्ष जनशक्ति उत्पादनका लागि बीसीए कोर्स महत्वपूर्ण छ।’

यो आईटीसम्बन्धी कोर्स भएकाले कम्तीमा तीन महिना कुनै पनि आईटी कम्पनीमा इन्टर्नसिप गर्नुपर्ने थेम्स इन्टरनेशनल कलेजका आईटी फ्याकल्टी चन्दन नायक बताउँछन्। 

उनी भन्छन्, ‘प्रोजेक्ट वर्क अनिवार्य गर्नुपर्छ। बीसीए उत्तीर्ण गरेपछि आईटी उद्योग, एप्लिकेसन डेभलपमेन्ट कम्पनी, मोबाइल एप्लिकेसन, ई–कमर्स,आईटी रिसर्च, वेब डिजाइन, बैंक, टेलिकम, नेटवर्कलगायतका क्षेत्रमा विद्यार्थीले काम गर्ने अवसर प्राप्त गर्छन्।’ 

बीसीए अध्ययन गरेपछि कम्प्युटर ल्याङ्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरको क्षेत्रमा काम गर्न सकिन्छ। यो कोर्सले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिस्टम तथा एप्लिकेसनमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्ने नायकको भनाइ छ। 

अध्ययन पश्चात उच्च शिक्षाका लागि मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसीए), एमएससी आईटीलगायतका कोर्स अध्ययन गर्ने बाटो पनि खुल्छ। आफैं स्वरोजगार भएर काम गर्न सकिने हुनाले बीसीए विद्यार्थीको रोजाइको विषय बन्न थालेको छ। 

अध्यापन हुने विषय

कम्प्युटर एप्लिकेसन, म्याथमेटिक्स, वेब टेक्नोलोजी, कम्प्युटर नेटवर्किङ, ग्राफिक्स एन्ड एनिमेसन, साइबर कानुन, सी प्रोग्रामीङ, मोबाइल प्रोग्रामिङ आदि। 
 

प्रकाशित: Feb 21, 2021| 08:18 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्