सोमबार, असोज ५, २०८३

‘व्यवस्थापन र आईटीको सम्मिश्रण हाे बीआईएम’

स्नातक तहमा बीआईएम अध्ययन गरेका विद्यार्थीले पछि गएर एमआईटी र एमबीए अध्ययन गर्न सक्छन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

बीआईएम कस्तो विषय हो र किन पढ्ने ?

ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको व्यवस्थापन संकायअन्तर्गतको चार वर्षे स्नातक तहको विषय हो। 

यो विषय अध्ययन गर्ने विद्यार्थीलाई रोजगारीको अवसर सुनिश्चित छ। यो ६० प्रतिशत आईटी र ४० प्रतिशत व्यवस्थापनको कोर्स हो। 

स्नातक तहमा बीआईएम अध्ययन गरेका विद्यार्थीले पछि गएर एमआईटी र एमबीए अध्ययन गर्न सक्छन्।

बीआईएमको अध्ययन पश्चातका अवसरहरू के–के छन् ?  

बीआईएम अध्ययन गरेका विद्यार्थीले उद्योगहरूमा आईटी अफिसरको रूपमा काम गर्न सक्छन्। अहिले बीआईएम अध्ययन गरेका विद्यार्थीले आफैं आईटीका उत्पादनहरू निर्माण गर्न सक्छन्। 

बीआईएम अध्ययन पश्चात उच्च शिक्षाका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा एमबीए, एमएससिआईटी अध्ययन गर्न सक्छन्। बीआईएम कोर्स आईटी बिजनेसमा बिजनेस एनालिस्टको रूपमा काम गर्न सक्छन्। 

कुनै पनि आईटीसँग सम्बन्धित वस्तु उत्पादन गरेर त्यसलाई बजारमा चिनाउन सक्छन्। बीआईएम अध्ययन पश्चात बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई व्यवस्थापन गर्न सक्छन्। 

बीबीए, इन्जिनियरिङ, बीसीए अध्ययन गरेका विद्यार्थीसँग बजारमा बीआईएम अध्ययन गरेका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्छन्।

उनीहरूले सरकारी जागिरको लागि लोकसेवाको तयारी गर्न सक्छन्। बीआईएमका उत्पादनले अध्ययन पश्चात रोजगारीको अवसर प्रशस्त छन्। 

हाम्रो करिअर सर्भिसेस डिपार्टमेन्टमा विभिन्न रोजगारदाता कम्पनीले जनशक्ति माग गर्छन् र विद्यार्थीले अध्ययनकै क्रममा रोजगारी पाउँछन्।

बीआईएम अध्ययन गर्न आवश्यक योग्यता र छात्रवृत्तिको व्यवस्था के–के छन् ?

बीआईएम अध्ययन गर्न विद्यार्थीले कक्षा १२ मा न्यूनतम डी प्लस ग्रेड ल्याएको हुनुपर्छ।

यो जुनसुकै विषय अध्ययन गरेका विद्यार्थीले पनि पढ्न पाउछन्। तर, त्रिभुवन विश्वविद्यालयले लिने सिम्याट प्रवेश परीक्षा भने उत्तीर्ण गरेको हुनुपर्छ।

हामीले विद्यार्थीलाई चेयरमेन बेस्ड स्कलरसिप उपलब्ध गराएका छौँ। त्यसमा कक्षा १२ मा राम्रो अंक ल्याउने विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत हुने निबन्ध लेखेपछि त्यसको आधारमा छनोट गछौँ। 

अर्को भनेको विद्यार्थीको क्षमताभन्दा पनि उसलाई छात्रवृत्ति आवश्यकताको आधारमा प्रदान गर्छौं। आर्थिक अवस्था कमजोर भएका तर पढ्ने तीव्र इच्छा भएका विद्यार्थी र त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउने कोटाभित्र पर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्छौ। बीआईएमको जम्मा ६० सिट मध्यबाट ६ जनालाई छात्रवृत्ति प्रदान गर्छौँ।

विद्यार्थीले बीआईएमभित्र अध्ययन गर्ने विषयहरू के–के छन् ?

विद्यार्थीले बीआईएमभित्र अध्ययन गर्ने विषयहरू प्रोग्रामिङ, डाटाबेस, प्रोजेक्ट म्यानेजमेन्ट, बिजनेस कम्युनिकेसन, मार्केटिङ, आर्टिफिसियल इन्टेजेन्स, इकोनोमिक्स, फाइनान्स, कम्प्युटर नेटवर्किङ, डिजिटोलोजी, म्याथ, अर्गनाइजेसनल बिहेविअर, ह्युमन रिसोर्स म्यानेजमेन्ट, साइबर सेक्युरिटीलगायतका विषय अध्ययन गर्छन्।

थेम्स इन्टरनेसनल कलेजमा बीआईएम नै किन पढ्ने ?

बीआईएम अध्ययन गर्ने कलेजको रूपमा आईटी र म्यानेजमेन्ट बेस्ड कलेजको रूपमा थेम्सले आफ्नो परिचय स्थापित गरेको छ। 

बीआईएम अध्ययन गर्ने विद्यार्थीलाई वर्कलोड म्यानेजमेन्ट गर्न सकेका छौ। 

विद्यार्थीले पहिलो दुई वर्ष कलेजमा अध्ययन गर्छन् भने पछिल्लो दुई वर्षमा इन्टर्नसिप गर्दै पढ्दै गर्न पाउँछन्। 

हामीले प्रयोगात्मक कक्षालाई व्यवस्थित बनाउनुका साथै भौतिक शैक्षिक पूर्वाधारमा पनि जोड दिएका छौँ। 

हामीले बीआईएमको डेडिकेटेड ल्याब तयार गरेका छौँ। यस कलेजको विद्यार्थीहरूको स्टुडेन्ट अफेयर्स काउन्सिल छ, जसले विभिन्न क्लब निर्माण गर्छ। 

विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिन्छ। हामीले विभिन्न खालका विद्यार्थीलाई परिचालन गर्ने विभिन्न विभाग निर्माण गरेका छौँ। 

विभागले विद्यार्थीको अनुशासन, अहिले उनीहरूले गरेका दैनिक क्रियाकलापलगायत अनलाइन कक्षलाई पनि अनुगमन गर्ने गरी सिस्टमको विकास गरेका छौँ। 

हाम्रो कोर्स प्लान र इभ्यालुएसन सिस्टम फरक खालको छ। ल्याब, लाइब्रेरी जुनसुकै समयमा पनि विद्यार्थीले प्रयोग गर्न सक्छन्।

प्रकाशित: Feb 21, 2021| 07:26 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।