बिहीबार, वैशाख २०, २०८१

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा के कुरा ख्याल गर्नुपर्छ? 

triton college

विद्यार्थी भविष्यमा आफू के बन्ने? भन्ने कुरामा प्रस्ट हुन जरुरी छ। उनीहरू के बन्न चाहन्छन् भन्ने कुरामा ‘करिअर गाइडेन्स’को आवश्यकता पर्छ। यो जिम्मा कलेज र विश्वविद्यालयको नै हो। 

आफ्नो करिअर के मा छ? कुन विषय अध्ययन गरेर आफ्नो करिअर सुरक्षित गर्न सकिन्छ भन्ने विषय प्रमुख हो। अध्ययन र त्यसपश्चातका अवसर बुझेर मात्र विषय वा संकाय छनोट गर्नुपर्छ। 

मेरो बुझाइमा अहिलेको ‘स्कोप’ भनेको ‘बिजनेस’ हो। विश्वबजारमा व्यवस्थापन शिक्षा आर्जन गरेका जनशक्तिको माग निकै छ। 

नेपालकै कुरा गर्दा आर्थिक विकासले गति समात्दै छ। नयाँनयाँ उद्योग, व्यवसाय थपिने क्रम बल्ल सुरु भएको छ। 

corrent noodles
Metro Mart

हाम्रो शिक्षा व्यावहारिकरुपमा किन कमजोर छ?

शिक्षालाई दैनिक व्यवहारसँग जोड्ने खालको कोर्स डिजाइन गरिएको छैन। दैनिक जीवनयापनसँग नसकेकै कारण हाम्रो शिक्षा प्रणाली प्रभावहीन देखिएको हो। 

पाठ्यक्रम पनि समयानुकूल परिवर्तन हुँदैन। यसले गर्दा व्यावसायिक कामको लागि योग्य जनशक्ति हामीले उत्पादन गर्न सकेका छैनौँ।

शिक्षालाई व्यवहारमा लागू गर्दै विश्वविद्यालयको संरचनामा पनि परिवर्तन गर्दै लैजानुपर्छ। हाम्रो मुल्याङ्कन गर्ने, परीक्षा लिने र नतिजा प्रकाशन गर्ने प्रणाली नै गलत छ। 

भनेपछि शैक्षिक गुणस्तर वृद्धिको लागि प्रणाली नै परिवर्तन आवश्यक छ? 

शैक्षिक गुणस्तर प्रणालीले मात्रै नभएर कलेजको शैक्षिक फ्याकल्टी, कलेजले गराउने प्रयोगात्मक अभ्यास, विद्यार्थीको लगनशीलतालगायत थुप्रै कुराले निर्भर गर्छ। मुख्य कुरा व्यावहारिक पाठ्यक्रम, त्यसलाई सही तरिकाले ‘डेलिभर’ गर्न सक्ने शिक्षक, कलेजलगायत भए गुणस्तरिय शिक्षा पाउन सकिन्छ। 

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

नेपाली विद्यार्थी विदेशिनुको प्रमुख कारण के देख्नुहुन्छ?

मेरो बुझाइमा अधिकांश विद्यार्थी अवसरको खोजिमा विदेशिने गरेका छन्। अध्ययनसँगै रोजगारीको अवसर पनि हुने भएकोले विदेश मोह बढेको होला। 

उनीहरू अध्ययन र सीपसहित समयमै स्वदेश फर्किए मुलुकलाई पनि फाइदा पुग्ने थियो। राज्यले ‘ब्रेन ड्रेन’ गर्नेभन्दा पनि ‘ब्रेन गेन’ गर्ने नीति अख्तियार गर्न जरुरी छ। 

बीबीएम कस्तो विषय हो ? 

ब्याचलर अफ बिजनेश म्यानेजमेन्ट (बीबीएम) विश्वबजारलाई केन्द्रमा राखेर तयार पारिएको संकाय हो। यसको उपयोगिता र अध्ययनपश्चातका अवसर प्रशस्त छन्। 

बीबीएम अध्ययनपश्चात व्यवस्थापन संकायको जुनसुकै क्षेत्रमा पनि जान सकिन्छ। व्यवस्थापन संकायका सेमेस्टर कार्यक्रम ‘प्रोफेसनल’ कार्यक्रम हुन्। 

नेपालको शिक्षा प्रणाली दुई खालको जनशक्ति उत्पादन गरिरहेको छ, भनिन्छ नी? 

तपाईंले निजी र सरकारी शिक्षा प्रणालीलाई दाँज्न खोज्नु भएको होला। निजी कलेजले विद्यार्थीलाई छनोटको अवसर दिएका छन्। जहाँ पढे पनि पाठ्यक्रम एउटै हो। तर, निजी शिक्षण संस्थाले पढाउने शैली, विद्यार्थीलाई गर्ने ख्याल, समय समयमा लिने आन्तरिक परीक्षालगायतले थोरै फरक मात्रै बनाएको हो। 

मेरो बुझाइमा अधिकांश निजी कलेजले जीवनोपयोगी शिक्षामा जोड दिएका छन्। यसको लागि विश्वविद्यालयको सँगै थप आन्तरिक पाठ्यक्रम पनि बनाएका छन्। 

म आबद्ध मेगा कलेजले बजारमा अनुकूल हुनेगरीको जनशक्ति उत्पादन गरिरहेका छौँ। त्यसको लागि आवश्यक सीप, अध्ययन, अनुसन्धानमा जोड दिंदै आएका छौँ। 

प्रकाशित: Feb 25, 2021| 08:08 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 
उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 
बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।
पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 
आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।