काठमाडौं- बागमती प्रदेशका चार मन्त्रीले राजीनामा दिएका छन्।
शुक्रबार बागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।
राजीनामा दिने चारै जना मन्त्री कांग्रेसबाट निर्वाचित सांसद हुन्। उनीहरुको राजीनामाको कारण भने बताइएको छैन।