शुक्रबार, जेठ २२, २०८३

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायतर्फ उद्यमशील व्यवस्थापकीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरेको विषय हो– ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम)। 

National life

यसको पाठ्यक्रममा बजारको मागलाई ध्यानमा राख्दै तयार गरिएको छ। बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

त्यस्तै, बीबीएममा व्यापार र व्यवसायबारे अनुसन्धान समेत गराइन्छ। यसको उद्देश्य जागिरे जनशक्ति उत्पादन गर्नेभन्दा पनि कसरी व्यवसाय सञ्चालन गर्ने विषयमा आधारित भएको डिन शर्माले बताए। 

उनका अनुसार बीबीएम बैंक, फाइनान्स र वित्तीय संस्था सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न सक्षम छ। यो कोर्स त्रिभुवन विश्वविद्यलायका निजी र आंगिकसहित ६५ वटा क्याम्पसमा अध्यापन हुन्छ।

चार वर्षे बीबीएम कोर्स पढ्न ४ देखि ६ लाखसम्म शूल्क लाग्छ। क्याम्पसले आफूले दिने सेवा सुविधाका आधारमा केही तलमाथि हुने गरेको छ।

Shivam cement

कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात बीबीएम अध्ययन गर्न सक्छन्। यसको पाठ्यक्रममा इकोनोमिक्स, बिजनेस म्याथ, सोसियोलोजी, फाइनान्स, डेटाबेस म्यानेजमेन्ट, ई–कमर्स, अर्गनाइजेन्सनल बिहेवियर, हिउमन रिसोर्स म्यानेजमेन्ट, अपरेसन म्यानेजमेन्ट, सेल्स, ग्लोबल ट्रेड, इन्टप्रेनरसीप डेभलपमेन्ट, क्रियटिभिटी डेभलपमेन्ट, बजेटिङ, बिजनेस कम्युनिकेसनलगायत विषयलाई समेटिएको छ।

यसले प्रोजेक्ट वर्क, केस स्टडी, रिपोर्ट राइटिङ, इन्टरभ्यु टेक्निक, लिडरसिप डेभलपमेन्ट लगायतका विषयमा जोड दिएको छ।

बीबीएम स्नातक तहको चार वर्षे कोर्स हो। यसमा ८ वटा सेमेस्टर हुन्छन्। एक सेमेस्टरमा एक कलेजमा ४४ जनाले मात्र यो विषय अध्ययन गर्न पाउँछन्।

एभरेस्ट कलेज थापाथलीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुहरि पाण्डेका अनुसार बीबीएम रोजगारी खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने कोर्स हो। 

विश्वविद्यालयले पाठ्यक्रमलाई व्यवसायसँग जोड्न सकेमा विद्यार्थी बेरोजगार हुुनु नपर्ने र शैक्षिक गुणस्तर पनि बढ्दै जाने नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डेको भनाइ छ। उनी भन्छन्, ‘यो विषय विश्वबजारलाई केन्द्रमा राखेर सञ्चालन गरिएको छ।’ 

छात्रवृत्तिको व्यवस्था

त्रिभुवन विश्वविद्यालयले १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। एक सेमेस्टरमा कम्तिमा चार जनाले निःशुल्क पढ्न पाउँछन्।

यसका लागि एसईई र प्लस टु सरकारी विद्यालयमा पढेको हुनुपर्छ। क्याम्पसले छात्रवृत्तिका लागि पनि परीक्षा लिन्छ। त्यस्तै, कतिपय क्याम्पसहरूले सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अर्को सेमेस्टरमा निःशुल्क पढाउने पनि गरेका छन्।

अन्तिम सेमेस्टरमा इन्टर्नसीप वा प्रोजेक्ट वर्कमध्ये एउटा गर्नुपर्ने हुन्छ। इन्टर्न गर्ने रुचि भएकाले बैंक, फाइनान्स र उद्योगमा गएर ८ हप्ता काम गर्नुपर्छ। 

प्रकाशित: Mar 04, 2021| 10:32 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।