बिहीबार, वैशाख २०, २०८१

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

triton college

यसमा आईटीको ६० प्रतिशत र व्यवस्थापनको ४० प्रतिशत विषय समावेश गरिएको छ। 

त्रिभुवन विश्वविद्यालयका २६ वटा कलेजले यो विषय अध्यापन गराउँदै आएका छन्। 

यो त्रिभुवन विश्वविद्यालयअन्तर्गत मात्र सञ्चालन गरिएको स्नातक तहको चार वर्षे कोर्स हो। जसमा आठ सेमेस्टर छन्। 

एक सेमेस्टरमा एउटा कलेजमा ६४ जनाको कोटा हुन्छ। यो चार वर्षे कोर्स पढ्न कम्तिमा ५ लाख खर्च लाग्छ। तर क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक हुन सक्छ।

corrent noodles
Metro Mart

थेम्स कलेजका एसोसिएट डाईरेक्टर अपर्ण उपाध्याय भन्छन्, ‘बीआईएम अध्ययन गरेका विद्यार्थीले सफल रुपमा आईटी कम्पनीको व्यवस्थापन गर्न सक्छन्। उनीहरूले बैैंक तथा वित्तीय संस्थाको आईटी विभाग सम्हाल्न सक्छन्।’

बीआईएम इन्फर्मेसन सिस्टम, डाटा प्रोसेसिङ, नेटवर्किङ, सफ्टवेयर निर्माण र व्यवस्थापनका लागि चाहिने जनशक्ति उत्पादन गर्ने विषय  हो। 

कुनै पनि कम्पनी चलाउन आईटी र व्यवस्थापन दुवैको ज्ञान आवश्यक पर्छ। हार्डवेयर र सफट्वेयर बनाएर मात्र हुँदैन, त्यसलाई चलाउन दक्ष जनशक्ति पनि चाहिन्छ। त्यस्तो जनशक्ति उत्पादन गर्ने शिक्षा बीआईएम हो। 

अबको युग सूचना प्रविधिको हो। जुन देशमा सूचना प्रविधिले फड्को मार्छ, त्यो देश आर्थिक रूपमा समृद्ध बन्छ। नेपाल सरकारले पनि हरेक कार्यालयको कामकाज कम्युटरको माध्यमबाट गर्न शुरू गरिसकेको छ। ती कार्यालयमा  दक्ष आईटी अफिसरको आवश्यकता पर्छ। प्राइभेट कम्पनी, बैंक, सहकारी, संघसंस्थामा आईटीतर्फका जनशक्तिको प्रयोग बढ्दै गइरहेको छ। 

त्यसैले ती क्षेत्रमा चाहिने दक्ष आईटी अफिसर उत्पादन गर्न बीआईएम कोर्सलाई प्रभावकारी बनाउनुपर्ने नागार्जुन कलेज अफ इन्फरमेसन टेक्नोजीका निर्देशक जयमंगल गुप्ता बताउँछन्। उनी भन्छन्, ‘बीआईएमले आईटीमा दक्ष व्यवस्थापकीय जनशक्ति उत्पादन गर्छ।’ 

बीआईएमका जनशक्तिको माग नेपालमा मात्रै नभएर विश्व बजारमा उत्तिकै भएको उनको बुभाइ छ। 


 

प्रकाशित: Mar 04, 2021| 10:44 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 
उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 
बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।
पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 
आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।