बिहीबार, असार ४, २०८३

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

 |  शुक्रबार, साउन ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०८२
National life
Shivam cement

सिरहा- यहाँको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ।

२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन्। छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ। शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: Jul 25, 2025| 09:47 शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्