शनिबार, असार २७, २०८३

बायर्न पराजित, डर्बी क्लबविरुद्ध डर्टमन्डको सानदार जित

जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिक पराजित भएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं- जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिक पराजित भएको छ।

आइन्ट्राक्ट फ्रांकफर्टको मैदानमा सम्पन्न खेलमा बायर्नले २–१ गोलको हार बेहोरेको हो।

फ्रांकफर्टका डइसी कमाडा र अमिन योङले खेलको १२ औं र ३२ औं मिनेटमा गोल गरेपछि बायर्न पहिलो हाफमै दुई गोलले पछि परेको थियो।

दुई गोलको दाबबलाई झेल्दै रेबर्ट लेबान्डोस्कीले गोल गरेपछि बायर्न खेलमा फर्कन खोजेको थियो।

तर अन्य गोल बन्न नसक्दा बायर्न पराजित भयो। पराजयका बाबजुद बायर्न ४९ अंकका साथ शीर्षस्थानमा छ। यता विजेता फ्रांकफर्ट ४२ अंकका साथ चौथो स्थानमा छ।

शनिबार रातिको अर्को खेलमा बोरुसिया डर्टमन्डले डर्बी क्लब साल्कमाथि शून्यका विरुद्ध चार गोलको सानदार जित निकालेको छ।

जाडन सन्चेको पहिलो गोलसँगै ४२ औं मिनेटमा अग्रता बनाएको डर्टमन्डले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता दोब्बर बनाएको थियो।

४५ औं मिनेटमा इर्लिङ ब्रुट हाल्यान्डले गोल गरेपछि डर्टमन्ड पहिलो हाफमै २–० गोलले अघि रह्यो। दोस्रो हाफमा पनि उसले दुई गोल थप्यो।

यसपटक ६० औं मिनेटमा राफेल गुएरोले गोल गरे भने ७९ औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै जितलाई ४–० गोलसम्म पुर्‍याए।

यो जितसँगै डर्टमन्ड छैटौं स्थानमा छ भने साल्के तालिकाको पुछारमा छ।
 

प्रकाशित: Feb 21, 2021| 02:05 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।