शनिबार, असार २७, २०८३

लिभरपुल स्तब्ध, अर्को खेलमा चेल्सीको बराबरी

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा अर्को हार बेहोरेको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं – डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा अर्को हार बेहोरेको छ।

लगातार हारको रेकर्ड बनाइरहेको लिभरपुलले गएराति पनि घरेलु मैदान एनफिल्डमा २–० गोलको हार बेहोरेको हो।

लिभरपुलविरुद्ध पहिलो लेगको बदला लिँदै पाहुना टिम एभर्टनले दुई गोल गर्‍यो।

एभर्टनको जितका लागि रिकार्लिसन र ग्युफी सिगुरडिसनले समान १–१ गोल गरे।

रिकार्लिसनले खेलको तेस्रो मिनेटमै अग्रता बनाएका थिए भने सिगुरडिसनले ८३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दोब्बर बनाए।

यो जितसँगै एभर्टन सातौं स्थानमा कायम छ भने लिभरपुल छैटौं स्थानमा छ। दुवैको समान ४० अंक छ।

त्यस्तै शनिबार रातिको अर्को खेलमा चेल्सीले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको छ।

साउथह्याम्टनका ताकुमी मिनमिनोले ३३ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। तर, ५४ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीको मेसन माउन्टले अग्रता तोडे।

यो बराबरीसँगै ४३ अंक बनाएको चेल्सी लिगको चौथो स्थानमा छ भने साउथह्याम्टन १३ औं स्थानमा छ।
 

प्रकाशित: Feb 21, 2021| 01:34 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।