शनिबार, असार २७, २०८३

रियल मड्रिडको संघर्षपूर्ण जित 

 स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

भाल्लाडोलिडको घरेलु मैदानमा सम्पन्न खेलमा उसले सहज जित निकालेको हो। खेलको पहिलो हाफमा रियल बराबरीमै रोकिए पनि उसले दोस्रो हाफमा गोल गर्‍यो।

दोस्रो हाफको ६५ औं मिनेटमा गोल गर्दै कासिमेरोले रियललाई जित दिलाए।

यससँगै २४ खेलबाट ५२ अंक बनाएको रियल दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ५५ अंकका साथ शीर्षस्थानमा छ।

गएरातिको अर्को खेलमा भने शीर्षस्थानको एथ्लेटिको पराजित भएको छ। उसले घरेलु रंगशाला वान्डा मेट्रोपोलिटानो रंगशालामै उसलेभान्टेसँग २–० गोलको हार बेहोरेको हो।

एथ्लेटिकोको यो हारसँगै रियले शीर्षस्थानको टिमसँग अंकदुरी कम गर्ने अवसर पाएको छ।

यता, एथ्लेटिकोविरुद्ध जित निकालेको लेभान्टे आठौं स्थानमा छ भने रियलसँग पराजित भाल्लाडोलिड पुछारबाट दोस्रो स्थानमा छ।
 

प्रकाशित: Feb 21, 2021| 01:13 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।