शनिबार, असार २७, २०८३

२६ खेलाडीलाई एनएनआईपीए स्पोर्ट्स अवार्ड

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं-  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन्। 

२०७६ सालमा गरेको प्रदर्शनका आधारमा उनीहरुलाई शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो। 

उनीहरुलाई सम्बन्धित खेल संघहरुको सिफारिस गरेको थियो। सम्मानित हुनेहरुमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता छन् ।

१६ औं संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने घोषणा मेयर गजेन्द्र महर्जनले घोषणा गरेका छन्।

गल्फका सुवास तामाङ र महिलातर्फ कुस्तीकी संगीता धामीलाई उदीयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ। उनीहरुले नगद ५० हजार पाएका छन्। 

प्रतिभावान खेलाडीको अवार्ड भने तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे ।

ग्लोबल आईएमई बेस्ट प्लेयर अवार्ड पौडीकी गौरिका सिंह र मण्डेकाजी श्रेष्ठले जिते। उनीहरुले नगद एकएक लाख पाए। 

रोशन राउतलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ भने अकबर साह कराते प्रशिक्षक गजराज जोशीलाई आदर्श अवार्ड

यी हुन् सम्मानित खेलाडी

सनातन मल्ल (आर्चरी)

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

रत्नजीत तामाङ (ब्याडमिन्टन)

अनुसा मल्ल (बास्केटबल)

मिनु गुरुङ (बक्सिङ)

अन्जली चन्द (क्रिकेट)

बुद्धिबहादुर तामाङ (साइक्लिङ)

रविना थापा (फेन्सिङ)

सुजल श्रेष्ठ (फुटबल)

सुवास तामाङ (गल्फ)

कल्पना वली (ह्यान्डबल)

देविका खड्का (जुडो)

मेनुका कुमारी राजवंशी (कबड्डी)

मण्डेकाजी श्रेष्ठ (कराते)

श्याम बुढाथोकी (खोखो)

प्रदीप खड्का (लनटेनिस)

कल्पना परियार (सुटिङ)

गौरिका सिंह (स्विमिङ)

पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस)

विपन ब्लोन (स्क्वास)

आइशा शाक्य (तेक्वान्दो)

सोनी गुरुङ (ट्राइथलन)

कुलबहादुर थापा (भलिबल)

विकास थापा (वेट लिफ्टिङ)

संगीता धामी (कुस्ती)

जुनी राई (उसु)केशव थापा (पारा टेबल टेनिस)

प्रकाशित: Feb 20, 2021| 16:05 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।