आइतबार, चैत १, २०८२

मुख्यमन्त्री कप भलिबलमा तनहुँले उचाल्यो उपाधि 

मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ।
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

पोखरा- मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ। शनिबार भएको फाइनलमा स्याङ्जालाई ३–ؘ२ को सेटमा पराजित गर्दै तनहुँ च्याम्पियन बनेको हो।

National life

निकै रोमाञ्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले जितेको थियो। दोस्रो र तेस्रो सेट तनहुँले २५–१७ र २५–२० ले जित्यो। 

चौथो सेटमा भने स्याङ्जाले २५–१३ ले आफ्नो पक्षमा पार्दा खेल फाइनल सेटमा धकेलियो। अन्तिम तथा पाँचौं सेटमा १५–१० को जित निकाल्दै तनहुँले उपाधि हात पारेको हो। 

उपाधिसँगै तनहुँले नगद २ लाख नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उपविजेतामा सीमित स्याङजाले एक लाखमा चित्त बुझायो। 

पुरुषतर्फ पर्वतले तेस्रो स्थान हासिल गरेको छ। शनिबार नै भएको खेलमा पर्वतले म्याग्दीलाई २३–२५,२५–१४,२५–१७ र २७–२५ को सेटमा पराजित गरेको हो। 

Laxmi sunrise bank
kumari

तेस्रो भएको पर्वतले ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ।  

कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको उपाधि म्याग्दी जिल्लाले जितेको छ।

शनिबार नै भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधि जित्ने क्रममा म्याग्दीले पर्वतमाथि पहिलो सेट २५–१४ ले जितेको थियो। 

दोस्रो सेट २५–१५ ले पछि पारेको म्याग्दीले तेस्रो खेल २५–१७ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो। 

उपाधिसँगै म्याग्दीले पनि दुई लाखरुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको पर्वतले एक लाखमा चित्त बुझायो।

महिलातर्फ तनहुँ तेस्रो भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले पराजित गरेको थियो। तनहुँले ५० हजार प्राप्त गरेको छ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुल परिषद्का बोर्ड सदस्य राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरे। 

फागुन ४ गतेदेखि पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा नौ जिल्लाको सहभागिता थियो।  मनाङ र गोरखाले प्राविधिक कारण देखाउँदै सहभागिता जनाएनन्। 

ठकुरी र शाही सर्वोत्कृष्ट

मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वोत्कृष्ट घोषित भएका छन्। प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही सर्वोत्कृष्ट खेलाडी भएकी छिन्। 

महिला  र पुरुषतर्फ उत्कृष्ट ठकुरी र चन्दले जनही नगद पाँचपाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

विधागत पुरस्कार अन्तर्गत पुरुषतर्फ स्याङ्जाका राजन दर्लामी मगर उत्कृष्ट डिफेन्स, स्याङ्जाकै महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्जाका विवश थापा उत्कृष्ट सर्भर र तनहुँका विवश आले उत्कृष्ट सेटर बने। 

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी अर्पणा खाँड ठकुरी उत्कृष्ट सेटर र कास्कीकी अंशु थापा उत्कृष्ट डिफेन्डर चुनिए। विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही ५/५ हजार रुपैयाँसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
 

प्रकाशित: Feb 20, 2021| 15:48 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।