आइतबार, चैत १, २०८२

१ लाख पुरस्कार राशीको खुल्ला हाफ म्याराथन हुने

रोटरी क्लब अफ भैरहवाको आयोजनामा आगामी फागुन २२ गते खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

बुटवल- रोटरी क्लब अफ भैरहवाको आयोजनामा आगामी फागुन २२ गते खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। 

National life

रोटरी ईन्टरनेशनल डेको अवसरमा मारुती फूडपार्क मुख्य प्रायोजक र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजकमा ईन्टरनेशनल हाफ म्याराथन प्रतियोगिता हुने भएको हो। शनिबार रुपन्देहीको तिलोत्तममा गरिएको पत्रकार सम्मेलनमा विभागीय खेलाडीहरुसहित ३०० बढी सहभागिता हुने आयोजकले जनाएका छन्। 

२१ किलोमिटरको म्याराथन लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट सुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अञ्चलपुर, बुद्धचोक, बर्मेली टोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने क्लबका अध्यक्ष शिवहरि शर्माले बताए।

विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुई जनालाई नगद ५ हजार १०० रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए।

यसअघि विश्व पोलियो दिवसको अवसरमा इण्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 20, 2021| 12:32 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।