शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका डौग ग्रान्टको सहयोग 

खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका डौग ग्रान्टको सहयोग 

खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका डौग ग्रान्टले सहयोग गरेका छन्।
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

पोखरा- खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका डौग ग्रान्टले सहयोग गरेका छन्।

नेपालमा टेनिस खेलको विकासमा अभियान चलाउने ग्रान्टले सन्ध्याको अध्ययनका लागि पहिलो पटक नगद ८५ हजार ७ सय नगद सहयोग गरेका हुन्। 

कास्कीको टेनिस खेलको विकासमा समेत महत्वपूर्ण योगदान दिएका ग्रान्टले सहयोग गरेको उक्त रकम शनिबार सन्ध्यालाई हस्तान्तरण गरिएको छ। 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सन्ध्यालाई पठाएको सहयोगका लागि ग्रान्टलाई आभार व्यक्त गर्दै बालिकाको अध्ययन अध्यापनका लागि ठूलो सहयोग पुग्ने बताए। 

यसैगरी नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले बालिकाको भविष्य बनोस् भनेर ग्रान्टले सहयोग गरेको बताए। 
कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले डौग गान्टको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बालिकालाई टेनिस खेल सिक्न आफ्नोतर्फ बाट पहल गर्ने बताए। 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, लेखा प्रमुख डिबी नेपाली, कास्की जिल्ला टेनिस संघका सचिव नवीन चालिसे, कोषाध्यक्ष राजु गुरुङ, सल्लाहाकार बसन्त प्रधान, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित लगायतको उपस्थितिमा उक्त रकम सन्ध्यालाई पालन पोषण गर्दै आइरहेकी विभा नेपालीलाई हस्तान्तरण गरिएको छ। 

प्राप्त रकम सन्ध्याको नाउँमा बैंक खाता सञ्चालन गर्ने र प्राप्त हुने सबै सहयोग उनको अध्ययन अध्यापनका लागि खर्च गरिने भएको छ। 

को हुन् सन्ध्या ?

विसं २०७२ सालमा पोखरा रंगशालामा १ महिलाले अलपत्र छोडेर हिँडेकी बालिका हुन् सन्ध्या। करिब ७ महिनाकी हुँदा बिमारी अवस्थामा बालिका छोडेर बेपत्ता भएकी ती महिला हालसम्म फर्केकी छैनन्।

ती बालिकालाई पोखरा रंगशालामा ज्यालादारीमा कार्यरत विभा नेपालीले पालनपोषण गर्दै आएकी छन्। सन्ध्या अहिले ६ वर्षकी हुन् लागेकी छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुदकै सहयोगमा उनलाई एसओस बालग्राममा अध्ययन अध्यापनको व्यवस्था गरिएको छ। 

को हुन् सहयोगदाता डौड ग्रान्ट ?

ग्रान्ट नेपालको टेनिस खेल विकासका लागि एक अभियानकर्ता हुन्। ‘टेनिस ट्रेकर्स’ को समेत उपाधि पाएका ग्रान्ट नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आफू ट्रेकिङमा जाँदासमेत टेनिस खेलको विकास गर्न स्थानीयलाई जागरुक गर्छन्।

टेनिसका सबै खेल सामग्री आफू सँगै ट्रेकिङमा लिएर हिँड्ने ग्रान्टले सानो ठाउँमा समेत टेनिस खेल्न सकिन्छ भन्ने सन्देश दिँदै नेपाली यूवाहरुलाई टेनिस प्रशिक्षण गर्दै खेल्न हौंसाउँछन्। नेपाली चेली बिवाहसमेत गरेका ग्रान्ट विश्वका धेरै टेनिस खेलाडीहरु सँग नजिकको सम्वन्ध राख्दछन्। 

प्रकाशित: Feb 20, 2021| 09:46 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।