काठमाडौं – विभागीय टिम एपीएफकी मिडफिल्डर सरु लिम्बू महिला लिगमा मोस्ट भ्यालूएबल प्लेयरको अवार्ड जितेकी छन्।
सशस्त्र प्रहरीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी सरु भ्यलुएबल प्लेयर बनेकी छन्।
उनले लिगको अन्तिम खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम खेलम आर्मीविरुद्ध दोहोरो गोल गरेकी थिइन्।
उनले आफू मस्ट भ्यालुएबल भएपछि लकडाउनपछिको अभ्यास सम्झिएकी छन्। ‘लकडाउनपछिको अभ्यासमा राम्रो भएको थिएन। कसरी कमब्याक गर्ने होला भन्ने चिन्ता थियो’, उनले भनिन्, ‘ट्रेनिङमा चाहिँ स्कोरिङमा समस्या देखिएको थियो। तर गेममा त्यस्तो भएन।’
लिगको अन्तिममा फरवार्ड सावित्रा भण्डारी चोटग्रस्त भएपछि उनले एपीएफको स्तर खस्किन नदिन महत्वपूर्ण भूमिका निभाएकी थिइन्।
‘भ्यालूएवल प्लेयर नभएर बेस्ट मिडफिल्डरसम्म हुन्छु होला भन्ने सोचेकी थिएँ। तर भ्यालूएबल नै भएँ’, उनले भनिन्।
यता त्रिभुवन आर्मी क्लबकी विमला चौधरी लिगको उत्कृष्ट मिडफिल्डर घोषित भएकी छन्।
लिगमा उत्कृष्ट घोषित भएपछि उनले आफ्नो राष्ट्रिय टिमको यात्रामा अझै सहज हुने बताएकी छन्। ‘मैले सोचेको थिइनँ म बेस्ट हुन्छु भन्ने तर राम्रो खेलेछु भन्ने लाग्यो’, उनले भनिन्।
आर्मीको फरवार्ड लाइन केही राम्रो चलेको भए लिग जित्ने सम्भावना रहेको उनी बताउँछिन्।