शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफूनिकट नेतासँग माधव नेपालले भने- सम्मानजनक एकता होस् भन्ने मेरो चाहना हो

आफूनिकट नेतासँग माधव नेपालले भने- सम्मानजनक एकता होस् भन्ने मेरो चाहना हो

'कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ। त्यसैले मैले बारम्बार एकता हाम्रो ईच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,' नेता नेपाललाई उद्धृत गरी सोमबार साँझ विज्ञप्ति जारी गर्दै पन्तले भनेका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक एकता आफ्नो चाहना भएको बताएका छन्। सोमबार आफूनिकट नेताहरूसँग छलफलका क्रममा नेता नेपालले यस्तो बताएको रघुजी पन्तले जानकारी दिएका छन्। 

'कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ। त्यसैले मैले बारम्बार एकता हाम्रो ईच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,' नेता नेपाललाई उद्धृत गरी सोमबार साँझ विज्ञप्ति जारी गर्दै पन्तले भनेका छन्। 

पार्टी एकताका लागि भइरहेका प्रयासहरुबारे पनि छलफल भएको उनको भनाइ छ। एकता प्रयासबारे नेता नेपाललाई ओली पक्षसँग वार्ता गरिरहेका नेताहरूले जानकारी गराएका थिए। 

छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्दचयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको थियो। पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए। 

बैठकलाई सम्बोधन गर्दै नेपालले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका थिए। 

बैठकमा वरिष्ठ नेता नेपालसहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाललगायतको उपस्थिति थियो। 


प्रकाशित: Aug 02, 2021| 23:02 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...