शनिबार, असार २७, २०८३

पुलिसका उषा र अमृता उत्कृष्ट गोलकिपर र डिफेन्डर

आज सम्पन्न राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर घोषित भएकी छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौ- आज सम्पन्न राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर घोषित भएकी छन्।

राष्ट्रिय महिला लिगमा महत्वपूर्ण गोलको रक्षा गरेकी उनी बेस्ट गोलकिपर घोषित भएकी हुन्।

उनको टिमले जारी सिजनमा २८ गोल गरेको थियो भने १२ गोलको सामना गरेकोे थियो। आज सम्पन्न अन्तिम खेलमा उसले लिगको पुछारमा रहेको चौदण्डीगढीलाई १० गोल गरेको थियो भने उषा नाथले क्लिन सिट राखेकी थिइन्।

उत्कृष्ट गोलकिपर घोषित भएपछि उषाले आफूलो सोचेभन्दा राम्रो प्रदर्शन दिन सकेको बताएकी छन्।

‘राम्रो प्रदर्शन दिन पाएकोले खुसी छु। अहिलेको प्रदर्शन र टिमको साथले मलाई अझै राम्रो गर्ने हौसला मिलेको छ,’ उनले बेस्ट घोषित भएपछि भनिन्, मैले बेस्ट हुन्छु होला भनेर सोचेको थिइन।’

त्यस्तै जारी लिगमा पुलिकै अमृता जैसी उत्कृष्ट डिफेन्डर घोषित भइन्। उत्कृष्ट घोषित भएपछि उनले भनिन्, ‘पाउँछु होला की जस्तो चाहिँ लागेको थियो। स्योर थिएन तर पाएँ।’

उनले जारी लिगमा पहिलेको प्रदर्शनभन्दा आफ्नो सुधार भएको महसुस गरेको बताइन्। 

उनले पुलिसको फरवार्ड लाइन कमजोर हुँदा पहिलो लेगमा धेरै स्कोरिङ हुन नसके पनि दोस्रो लेग राम्रो भएको बताइन्।
‘पहिलो लेगमा स्कोरिङ भएन। दोस्रो लेगमा केही राम्रो भयो। अब हामी आउने खेलमा सुधार गर्दै जानेछौं,’ उनले भनिन्।

उनले जारी लिगमा गोलसमेत गरकी थिइन्। यसकारण उनले आफूलाई अलराउण्ड प्रदर्शन गर्न हौसला मिलेको बताइन्।

प्रकाशित: Feb 19, 2021| 13:31 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।