शनिबार, असार २७, २०८३

सावित्रा भन्छिन्, टिमकाे सहयाेगले गर्दा म उत्कृष्ट भएँ

महिला लिगमा सावित्रा भण्डारीले उत्कृष्ट फरवार्डको उपाधि जितेकी छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं – महिला लिगमा सावित्रा भण्डारीले उत्कृष्ट फरवार्डको उपाधि जितेकी छन्।

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी फरवार्ड सावित्रा भण्डारीले शुक्रबार भएको खेलमा उत्कृष्ट फरवार्डको उपाधि जितेकी हुन्। उनले जारी लिगमा ४३ गोल गरेकी छन्। 

‘पहिले त गन्द्याङगुन्द्रुङमा पनि गोल गरिन्थ्यो अहिलेचाहिँ धेरै राम्रा गोल भएका छन्,’ अवार्ड जितेपछि उनले भनिन्, ‘अहिले खेलको स्तर वृद्धि भएको पाएकी छु। नयाँ खेलाडीले मोर्डन फुटबल खेलिरहेका छन्। मेरो टिमको सहयोगले गर्दा म बेस्ट भएँ।’

उनका अनुसार अब विभागबाहिरका टिमले पनि विभागलाई चुनौती दिने भइसकेका छन्। 

‘पहिले लिगमा २०–२२ गोल हुन्थ्यो। अहिले ७–८ गोलमा झरेको अब झन् प्रतिस्पर्धी बन्दै जाने आशा छ,’ उनले भनिन्।
१० औं चरणको खेलका क्रममा पुलिसविरुद्ध ६९ औं मिनेटमा घाइते भएपछि सावित्रा अहिले आराममा छिन्।

साथै उनले लिगमा त्यसपछिका खेल खेल्न पाएकी छैनन्। तर उनी बैसाखी टेकेरै आफ्नो टिमलाई हौसला दिनका लागि दशरथ रंगशाला पुगेकी थिइन्।

‘म नभएको समयमा पनि मेरो टिमले मैले सोचेजस्तै खेल्यो। टिमले मेरो कमी हुन दिएन। म नहुँदा प्रतिस्पर्धीलाई केही सहज हुन्थ्यो होला तर टिमले राम्रो खेल्यो,’ उनले भनिन्।

एपीएफकी प्रशिक्षक भगवती थापाले पनि सावित्रा घाइते भएपछि बाँकी खेलमा कठिन हुने बताएकी थिइन्।

त्यसपछि विराटनगरसँगको खेलमा एपीएफले १–० गोलको जित निकालेको थियोे भने अन्तिम खेलमा आर्मीविरुद्ध शून्यका विरुद्ध तीन गोलको जित निकाल्यो।

पहिलो लेगको खेलमा एपीएफले आर्मीविरुद्ध २–० गोलको जित निकालेको थियो भने विराटनगरविरुद्ध ८–० गोलको जित निकालेको थियो।

सावित्राले चौदण्डीगढीविरुद्ध एकै खेलमा ह्याट्रिकसहित १२ गोल गरेकी थिइन्।
 

प्रकाशित: Feb 19, 2021| 13:11 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।