शनिबार, असार २७, २०८३

महिला लिग : प्रतिष्ठाको लडाइँमा च्याम्पियन एपीएफको जित

दशरथ रंगशालामा दिनको दुई बजे सुरु भएको विभागीय डर्बी त्रिभुवन आर्मी क्लब र एपीएफबीचको खेल सकिएसँगै यो वर्षको लिग सम्पन्न भएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– दशरथ रंगशालामा दिनको दुई बजे सुरु भएको विभागीय डर्बी त्रिभुवन आर्मी क्लब र एपीएफबीचको खेल सकिएसँगै यो वर्षको लिग सम्पन्न भएको छ।

दुई खेल अगावै च्याम्प्यिन बनेको एपीएफले अन्तिम खेलमा पनि आर्मीलाई हराउँदा प्रष्ठिाको लडाइँमा पनि ऊ बलियो देखिएको छ।

एपीएफको जितका लागि सरु लिम्बूले दोहोरो गोल गरिन् भने फरवार्ड अनिता केसीले एक गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा केसीको पासमा गोल गर्दै लिम्बूले च्याम्पियन क्लबलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै दोस्रो हाफको ८६ औं मिनेटमा केसीले गोल गरेपछि एपीएफले २–० गोलको अग्रता बनायो।

तर इन्ज्युरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल थपेपछि एपीएफले ३–० गोलको जित निकाल्यो।

पहिलो लेगको खेलमा आर्मीविरुद्ध एपीएफले २–० गोलको जित निकालेको थियो। उक्त खेलमा अञ्जली योञ्जन र सरु लिम्बूले गोल गरेका थिए।

आजको खेलमा जित निकालेसँगै एपीएफ पूरा सिजनभर अपराजित रहँदै १२ खेलबाट पूर्ण ३६ अंक जोडेको छ। यता अन्तिम खेलमा पराजित आर्मीले २५ अंक जोडेको छ।

त्यस्तै १६ अंक बनाएको नेपाल पुलिस क्लब तालिकाको तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ।

यो सिजनमा एपीएफले ७६ गोल गरेको छ भने एकमात्र गोलको सामना गरेको छ।

प्रकाशित: Feb 19, 2021| 11:01 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।