शनिबार, असार २७, २०८३

महिला लिग : सानदार जितका साथ पुलिस तेस्रो स्थानमा

महिला लिग अन्तर्गत १२ औं चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लबले लिगको सुखद् अन्त्य गरेको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– महिला लिग अन्तर्गत १२ औं चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लबले लिगको सुखद् अन्त्य गरेको छ।

महिला लिगको अन्तिम दिनको खेलमा १०–० गोलको जित निकाल्दै पुलिस लिगमा तेस्रो स्थानसमेत पक्का गर्दै लिगको अन्त्य गरेको हो।

पछिल्लो चरणमा चौथो स्थानमा रहेको पुलिस तेस्रो स्थानको विराटनगरले अन्तिम खेलमा हार बेहोरेका कारण तेस्रो स्थानमा उक्लिने अवसर पायो।

अन्तिम खेमला चौदण्डीगढीविरुद्ध सहज जितका लागि पुलिसकी निरु थापाले ह्याट्रिकसहित चार गोल गरिन् भने निर्मला बिकले ह्याट्रिक गरिन्।

त्यस्तै सुनकला राई र अर्मता जैशीले १–१ गोल गरेपछि पुलिसले सानदार जित निकाल्यो।

उसले जितसहित अंकतालिकामा १८ अंक बनाएको छ। १२ खेलमा तीन बराबरी र पाँच जितका साथ पुलिसलले सो अंक बनाएको हो।

उसले जारी लिगमा २८ गोल गरेको छ भने १० गोल खाएको छ। यता चौदण्डी अन्तिम खेलसम्म जितविहीन छ।

लिग अवधिभर चारमात्र गोल गर्न सक्षम चौदण्डीले १०६ गोलको सामना गरेको छ। यसकारण ऊ शून्य अंकका साथ तालिकाको पुछारमा छ।

महिला फुटबल लिगको अन्तिम खेलमा आज दुई बजेबाट सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले विभागीय डर्बी त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
 

प्रकाशित: Feb 19, 2021| 06:44 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।