शनिबार, असार २७, २०८३

एपीएफ भर्सेस आर्मी : अन्तिम खेलमा प्रतिष्ठाको लडाइँ

दशरथ रंगशालामा आज दिउँसो दुई बजे सुरु हुने महिला फुटबल लिगअन्तर्गतको अन्तिम खेलमा विभागीय डर्बी भिड्दैछन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- दशरथ रंगशालामा आज दिउँसो दुई बजे सुरु हुने महिला फुटबल लिगअन्तर्गतको अन्तिम खेलमा विभागीय डर्बी भिड्दैछन्।

दुई खेल अगावै उपाधि विजेता बनेको सशस्त्र प्रहरीको एपीएफ र उपविजेता  त्रिभुवन आर्मी फुटबल क्लबले एक अर्कोबीच प्रतिष्ठाको लडाइँ लड्ने छन्।

दुई खेलअघि, नेपाल पुलिसँगको खेलमा फरवार्ड सावित्रा भण्डारी घाइते भएपछि एपीएफ केही कमजोर देखिएको छ। उसका अन्य केही खेलाडी पनि चोटग्रस्त छन्।

यसकारण उसले लिगको ११ औं खेल केही कमजोर आँकिए पनि विराटनगरसँग संघषपूर्ण जित निकाल्यो। त्यसैले आज एपीएफविरुद्ध लडन आर्मीलाई केही सहज हुनेछ।

तर एपीएफकी हेड कोच भगवति थापा आफ्ना सबै खेलाडी उत्तिकै सक्षम रहेको बताउँछिन्। 

डिफेन्सदेखि, मिडफिल्डर हुँदै फरवार्डसम्मको सेट राम्रा भएकाले आफ्नो टिम अझै बलियो रहेको उनको दावी छ।

यता आर्मी एपीएफको त्यही कमजोरीको फाइदा उठाउँदै पहिलो लेगको बदला लिन चहान्छ।

पहिलो लेगको खेलमा आर्मीले एपीएफसँग २–० गोलको जित निकालेको थियो। उक्त खेलमा अञ्जली योञ्जन र सरु लिम्बूले गोल गरेका थिए।

एपीएफ र आर्मीबीचको खेल महिला लिगको समापना खेलसमेत हो।

त्यसअघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिस क्लबले चौदण्डीको सामना गर्नेछ।
 

प्रकाशित: Feb 19, 2021| 02:06 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।