शनिबार, असार २७, २०८३

टोटेनहमको सानदार जित, अर्को खेलमा आर्सनलको बराबरी

प्रिमियर क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब उल्भस्बर्गलाई युरोपा लिगअन्तर्गतको बिहीबार राति सम्पन्न खेलमा ४–१ गोलले हराएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- प्रिमियर क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब उल्भस्बर्गलाई युरोपा लिगअन्तर्गतको बिहीबार राति सम्पन्न खेलमा ४–१ गोलले हराएको छ।

उल्भस्बर्गकै मैदानमा सम्पन्न खेलमा टोटेनहमका लागि सन ह्युङ मिन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लोस भिनिसियसले समान १–१ गोल गरे।

यता उल्भसबर्गका लागि माइकल लिइन्डेले एक गोल फर्काए।

अब दोस्रो लेगको खेलमा टोटेनहमले फेब्रुअरी २४ मा उल्भस्बर्गलाई घरेलु आतिथ्यता प्रदान गर्नेछ।

युरोपा लिगकै अर्को खेलमा अर्को प्रिमियर क्लब आर्सनल बरारबीमा रोकिएको छ। पोर्चुगित क्लब बेनफिकासँगको खेलमा आर्सनल १–१ गोलको बराबरीमा रोकिएको हो।

आर्सनलका लागि बुकायो साकाले गोल गरे भने बेनफिकाका लागि पिज्जीले पेनाल्टीमार्फत् गोल गरेका थिए।

अब यी दुई क्लबले अन्तिम नतिजाका लागि आर्सनलको इमिरेट्स मैदानमा अर्को हप्ता प्रतिस्पर्धा गर्नेछन्।

युरोपा लिग अन्तर्गतकै अन्य खेलमा भिल्ला रियलले आरबी साल्बर्गविरुद्ध जित निकालेको छ भने आयाक्सले लिल्ललाई हराएको छ।

त्यस्तै, रोमाले सहज जित निकाल्दा लेस्टर सिटी भने गोलरहित बराबरीमा रोकिएको छ।
 

प्रकाशित: Feb 19, 2021| 01:20 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।