शनिबार, असार २७, २०८३

युरोपा लिग : नापोली पराजित, बराबरीमा रोकियो मिलान

युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन टिम नापोली पराजित भएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन टिम नापोली पराजित भएको छ।

ग्रानाडाको लस कर्मेनेस रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नापोली घरेलु टिमसँग २–० गोलले पराजित भएको हो।

लिगको अन्तिम ३२ को खेलमा ग्रनाडालाई जित दिलाउन यन्जेल हेरेरा र केनेडीले समान १–१ गोल गरे।

अब यी दुई क्बले दोस्रो लेगको खेल फेब्रुअरी २५ मा नापोलीको मैदानमा खेल्नेछन्।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा एसी मिलानले क्रेवेना ज्वेज्डासँग २–२ गोलको बराबरी खेलेको छ।

४२ औं मिनेटमा क्रेवेनाका राडोवन पान्कोभले आत्मघाति गोल गरेपछि मिलानले अग्रता बनाएको खेल दोस्रो हाफमा गएर बराबरी भयो।

तर, ७७ औं मिनेटमा क्रेवेनाका मिलन रोडिक रातो कार्ड खाँदै बाहिरिए पनि एसी मिलानले १० खेलाडीविरुद्ध जित निकाल्न भने सकेन्।

मिलान र क्रेवेनाबीच दोस्रो लेगको खेल फेब्रुअरी २६ मा हुनेछ।

प्रकाशित: Feb 19, 2021| 01:04 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।