शनिबार, असार २७, २०८३

सन्दीपलाई आईपीएलका कुनै टिमले छानेनन्

नेपालका लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)को यात्रा अक्सनबाटै टुंगिएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– नेपालका लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)को यात्रा अक्सनबाटै टुंगिएको छ।

इन्डियाको चेन्नईमा जारी अक्सनमा सहभागी आठै क्लबले उनलाई किन्ने चासो नदेखाएछि उनको आईपीएल यात्रामा ब्रेक लागेको हो।

आफ्नो ‘बेस प्राइस’ ४० लाख भारु राखेका लेग स्पिनर सन्दीप लामिछाने नेपालबाट आईपीएलमा सहभागी एकमात्र खेलाडी हुन्।

पछिल्लो तीन सिजन दिल्ली क्यापिटल (पहिले दिल्ली डेयरडेभिल)बाट आईपीएल खेलेका सन्दीपलाई पछिल्लो लिगपछि क्लबले रिलिज गरेको थियो।

क्लबले रिलिज गरेपछि सन्दीप क्याप्ड खेलाडीका रुपमा अक्सनमा गए। आज जारी अक्सनका लागि एसोसिएट राष्ट्रबाट सन्दीपबाहेक अन्य दुई खेलाडी मात्र सहभागी थिए।

इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई प्राप्त एक हजार ९७ आवेदनबाट छानेर उसले दुई सय ९२ खेलाडीलाई अक्सनमा लाने बताइसकेको छ।

भिभोले प्रायोजन गरेको टी–२० लिगका अनुसार आजको अक्सनमा १६४ इन्डियन र १२५ विदेशी खेलाडी सहभागी हुनेछन्।

आजको अक्सनमा २२ विदेशी खेलाडीसहित ६१ खेलाडी छानिने सम्भावना छ।  आईपीएल आयोजकले २०२२ सिजनका लागि लिगमा सहभागीको टिम आठबाट बढाएर १० बनाउने भएको छ।

२०२२ को सिजनअघि ठूलो अक्सन हुनेछ। त्यो अवसर सन्दीपमा लागि आईपीएल खेल्ने अर्को खुड्किलो हुनसक्नेछ।
 

प्रकाशित: Feb 18, 2021| 12:23 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।